२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा निषेधाज्ञा थप

१९ जेष्ठ २०७८, बुधबार १५:२३

जेठ १९, लमजुङ | जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । 

जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कोरोना सङ्क्रमण व्यापक रुपमा फैलिँदै गइरहेकाले यसबाट नागरिकलाई बचाउनका लागि निषेधाज्ञा पुनः थप गरिरहेका छौँ ।” 

सो बैठकले यस अवधिका मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि आवश्यक देखिएकाले बैँक, वित्तीय संस्था र सहकारी संस्थाहरु हप्तामा दुई दिन आइतबार र बिहीबार दुई÷दुई घण्टा खोल्ने निर्णयलाई यथावत् राख्ने निर्णय गरेको बताइएको छ । त्यस्तै, जिल्लाभित्र सञ्चालन हुने ढुवानीका साधनलाई बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म र जिल्ला बाहिरबाट यस जिल्लामा प्रवेश गर्ने ढुवानीका साधनलाई बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र आवतजावत गर्न दिने निर्णय पनि यथावत रहेको जिल्ला प्रशासनले जनाएको छ । 

जिल्लामा गत वैशाख २८ गतेदेखि करिब एक÷एक हप्ता गर्दै जारी निषेधाज्ञा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरेको हो । जिल्लामा हालसम्म एक हजार ११४ जना कोरोना सङ्क्रमित पुगेको छ । त्यस्तै हालसम्म १७ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह