साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको"/>
2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा गएराति एक महिलाको रहश्यमय हत्या

साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो । मृतकका पति बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए । 

बुटवलमै जुत्तापसल संचालन गर्दै आएका कमलाका श्रीमान नित्यानन्द न्यौपाने विहीबार विहानै सामान खरिद गर्न काठमाडौं गएका थिए। कमला कोठामा एक्लै रहेको भन्दै राति साथी दिन गएका उनका दाजुका छोरा रेबिकले राति ८ बजेतिर कोठामा कतै नदेखेपछि खोज्दै जाँदा पलङभित्र कमलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले हत्यापछि कमला लगाएका औंठी, बाला, कानको टप, सिक्री लगायत सुनका केही गरगहना लुटेर लगेको बताए। तर, दराजभित्र रहेका धनमाल भने सुरक्षित रहेकोले हत्या चोरी तथा लुटपाट गर्ने अभिप्रायले नभएर अन्य कुनै कारणले गरेको हुन सक्ने उनले बताए।

कमलाको शव पोष्टमार्टको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । उनका दुई सन्तान काठमाडौँमा बसी अध्ययन गर्दै आएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई