साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलमा गएराति एक महिलाको रहश्यमय हत्या

२८ श्रावण २०७३, शुक्रबार ०४:१४

साउन २८, बुटवल । बुटवलमा गए राति कालिकानगरमा भाडाका घरमा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो । मृतकका पति बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए । 

बुटवलमै जुत्तापसल संचालन गर्दै आएका कमलाका श्रीमान नित्यानन्द न्यौपाने विहीबार विहानै सामान खरिद गर्न काठमाडौं गएका थिए। कमला कोठामा एक्लै रहेको भन्दै राति साथी दिन गएका उनका दाजुका छोरा रेबिकले राति ८ बजेतिर कोठामा कतै नदेखेपछि खोज्दै जाँदा पलङभित्र कमलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हत्याको खबर पाएपछि तत्काल घटनास्थल पुगेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले हत्यापछि कमला लगाएका औंठी, बाला, कानको टप, सिक्री लगायत सुनका केही गरगहना लुटेर लगेको बताए। तर, दराजभित्र रहेका धनमाल भने सुरक्षित रहेकोले हत्या चोरी तथा लुटपाट गर्ने अभिप्रायले नभएर अन्य कुनै कारणले गरेको हुन सक्ने उनले बताए।

कमलाको शव पोष्टमार्टको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । उनका दुई सन्तान काठमाडौँमा बसी अध्ययन गर्दै आएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह