2026-09-22 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना महामारी: भेरी बबई आयोजना प्रभावित

जेठ २०, कर्णाली (रासस)। कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जीनियर (सिडिई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युत्गृहको निर्माणकार्य सञ्चालन भए पनि मजदुर र सामग्रीको अभाव रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने सरकारको नीतिअनुसार जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर हेडवक्र्स (बाँध) र पावरहाउस (विद्युत्गृह)जस्ता संरचनाको काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “ठेकेदारले निर्माण सामग्री र मजदुरको अभाव देखाइरहेका छन्, हामीले काम नरोकिने गरी सामग्री व्यवस्थापन गर्न आवश्यक पहल गरिरहेका छौँ ।”

कोरोना महामारी फैलिएपछि झण्डै १०० मजदुर कार्यरत थिए । हाल मजदुरको संख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सिडिई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदुर काममा आउन छाडेको बताउनुभयो । लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रड (सरिया)को अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।

पहिलो चरणको सुरुङ (टनेल) निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युत्गृहलगायतका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध (ब्यारेज) निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ । दोस्रो चरणका संरचना निर्माणमा रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने