२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

२१ जेष्ठ २०७८, शुक्रबार १६:०७

जेठ २१, खाँदबारी (रासस) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ । जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो ।

तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताउनुभयो  ।

पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमनसमेत गरेको अफिसर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजको परीक्षण उडान सफल भयो, दुई हप्ताभित्र यसको रिपोर्ट आउने छ ।” रिपोर्टमा तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताउनुभयो ।  

लकडाउनको केही दिनअघि बुद्धले ४७ सिटको जहाजले काठमाडौँ–तुम्लिङ्टार, तुम्लिङ्टार–विराटनगर उडान शुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाडौँ–तुम्लिङ्टार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङ्टार–विराटनगर उडान गर्दै आएको थियो । तुम्लिङ्टारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेका छन् । यती एयरको ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ