Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ जेठ २१ गते, राति ९:५२ बजे सङ्खुवासभा - SKW, समाज

सङ्खुवासभाको तुम्लिङ्टारमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २१, खाँदबारी (रासस) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ जहाजले परीक्षण उडान गरेको छ । जहाजले काठमाडौँ–तुम्लिङ्टार परीक्षण उडान गरेको हो ।

तुम्लिङ्टार विमानस्थलमा पहिलो पटक शुक्रबार ७२ सिट क्षमताको जहाजले परीक्षण उडान गरेको बुद्ध एयर तुम्लिङ्टार कार्यालयका सिनियर अफिसर राजीव पोखरेलले बताउनुभयो  ।

पहिलो फ्लाइट भएकाले फ्लाइट अपरेसनलगायत बुध्द एयरका अपरेसन तथा टेक्निकलसहितको टिमले विमानस्थलको अनुगमनसमेत गरेको अफिसर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजको परीक्षण उडान सफल भयो, दुई हप्ताभित्र यसको रिपोर्ट आउने छ ।” रिपोर्टमा तुम्लिङ्टार विमानस्थलमा ७२ सिटको उडान योग्य भनी सिफारिस गरे एटीआर–७२ ले उडान शुरु गर्ने पोखरेल बताउनुभयो ।

लकडाउनको केही दिनअघि बुद्धले ४७ सिटको जहाजले काठमाडौँ–तुम्लिङ्टार, तुम्लिङ्टार–विराटनगर उडान शुरु गरेको थियो । बुद्धले हप्ताको सातै दिन काठमाडौँ–तुम्लिङ्टार र हप्ताको तिन दिन (आइतबार, बुधबार र शुक्रबार) तुम्लिङ्टार–विराटनगर उडान गर्दै आएको थियो । तुम्लिङ्टारमा बुद्ध र यती एयरको जहाजले उडान गर्ने गरेका छन् । यती एयरको ३२ सिट क्षमताको जहाजले उडान गर्दै आएको छ ।