साउन २८, काठमाडौँ । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौँ । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पा"/>
२८ मंसिर २०८२, शनिबार
भक्तपुर - BKT

जलवायु परिवर्तनको जोखिममा गण्डक जलाधार क्षेत्र

२८ श्रावण २०७३, शुक्रबार ०७:५३

साउन २८, काठमाडौँ । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर र त्यसबाट जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरणका लागि अध्ययन सुरु गरिएको छ । 

तिब्बतबाट उत्पत्ति भई नेपाल हुँदै भारततर्फ बग्ने गण्डकी नदी तराई, शिवालिक, पहाड, तल्लो हिमालय, उच्च हिमालय र ट्रान्स हिमालय क्षेत्रमा फैलिएको छ । नेपालभित्र १९ जिल्लाका करिब ३२ हजार वर्ग किमी क्षेत्रफल ओगटेको यस नदीको जलाधार क्षेत्रमा देशको कुल जनसङ्ख्याको १० प्रतिशत बासिन्दा बसोबास गर्दछन् । 

कृषि र पर्यटन नै जीविकोपार्जनको मुख्य आधार रहेको यस क्षेत्रका बासिन्दामध्ये ६६ प्रतिशत कृषिमै निर्भर रहेका छन् । जलविद्युत्को ५० प्रतिशत सम्भावना रहेको यस क्षेत्रमा जलवायु परिवर्तनको असरले कृषि, पर्यटन जलस्रोत, जैविक, विविधतामा प्रत्यक्ष असर पारेको एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले देखाएको छ । यसमा जलवायु परिवर्तनले गण्डक जलाधारमा पर्ने रसुवा, नुवाकोट र चितवनमा गरिएका अभ्यासको नमुना अध्ययन गरिएको छ । 

अध्ययनका बारेमा नीतिनिर्माता सरोकारवाला निकाय, स्थानीयवासीका प्रतिनिधिहरुलाई इसिमोडद्वारा आयोजित दुईदिने कार्यशालामा वक्ताहरुले जलवायु परिवर्तनको जोखिम, यसले पारेको प्रभाव र त्यसबाट बच्न अपनाइएका अनुकूलनका प्रयासहरुका बारेमा जानकारी गराइएको छ । 

कार्यशालामा इसिमोडका निर्देशक एकलव्य शर्माले जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर, त्यसबाट बच्न स्थानीयवासीले गरेको परम्परागत ज्ञान, अभ्यास र प्रविधिहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव गोपी खनाल, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पनि जलवायु परिवर्तनबाट उपल्लो, मध्य तथा तल्लोतटीय क्षेत्रमा पारेको असर, ती क्षेत्रहरुबीचको सम्बन्ध र आगामी दिनमा अपनाउनुपर्ने उपायका बारेमा सरकारी, गैरसरकारी र सहयोगी संस्थाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यशालामा इसिमोडका मन्दिरा श्रेष्ठले जलवायु नमुनाका पूर्वानुमान, प्रणिता उदासले गण्डक जलाधारको जोखिम पक्ष र विमल रेग्मीले अनुकूलनका अभ्यासहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने