2026-09-13 12:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पुनः हटाइए

जेठ २८, गण्डकी (रासस) । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सो पार्टीले पुनः हटाएको छ ।  गण्डकी प्रदेश सभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय तथा गण्डकी प्रदेश संसदीय दलको आजैको मितिको पत्र अनुसार राष्ट्रिय जनमोर्चाका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष निर्वाचित कृष्ण थापालाई नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३, प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइ उहाँको पद रिक्त गरिदिने व्यहोराको सूचना प्राप्त भएको बताउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ६ दफा ३५ को उपदफा १ बमोजिम प्रदेश सभामा जानकारी गराउनुभयो ।

यस अघि पहिलो पटक पार्टीको  निर्णय विपरित कार्य गरेको भन्दै प्रदेशसभा सदस्यबाट बर्खास्त हुनुभएका थापालाई सर्वाेच्च अदालतले पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको थियो । उहाँको मुद्दा अदालतमा विचाराधिन छ ।

बिहिबार मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिने क्रममा पार्टीका तर्फबाट विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेकोमा थापा भने तटस्थ बस्नुभएको थियो । आजको वैठकमा नेकपा एमालेले गण्डकी प्रदेश सभाको वैठक सञ्चालन सम्बन्धी नियमावली अनुसार मन्त्रीको उपस्थिति विना वैठक बस्न नसक्ने भएको भन्दै अवरोध गरेको छ । बिहिबार विश्वासको मतको निर्णय आइसकेपछि आजको प्रदेश सभाको वैठक आफूहरूसँग सल्लाह नगरी बोलाइएको सो पार्टीले जनाएको छ । अर्को वैठक जेठ ३० गते आइतबार १.०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन