२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशिएका युवाहरुले बनाइदिए पहिरो पीडितका ४० घर

२०७८, ३० जेष्ठ आईतवार ०४:३१

जेठ ३०, म्याग्दी | प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो । 

मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुनःनिर्माण भएका ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताउनुभयो । “मोनालाई जिम्मेवारी दिइएको घर पुनःनिर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “निर्माण सकिएका घरमा केही पीडित सरिसकेका छन् ।”

विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक सङ्कलन गरेर पहिरो पीडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनःनिर्माणका लागि छनोट गरिएको थियो । मोनाले प्रतिघर पुनःनिर्माणका लागि रु पाँच लाख खर्च गरेको छ । पहिरो पीडितको आवास पुनःनिर्माणका लागि मोनाले रु दुई करोड जुटाएको थियो । धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा घर निर्माण भएका छन् । एउटा भान्छाकोठासहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो । 

प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुनःनिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरि गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकीकृत बस्तीको अवधारणाअनुसार निजी आवास पुनःनिर्माण भएको छ ।  

बिममा बिम–मालिका सङ्घले रु २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो । उहाँले बिमका अन्य पीडितले पनि आफैँ घर निर्माण गरिसकेका बताउनुभयो । 

समुदायस्तरबाट आर्थिक स्रोत जुटाएर रु ३८ लाख ५० हजारमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडाध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप छ र आस्कामा चार घर निर्माण सकिएको बताउनुभयो । 

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए । एकासी वटा बस्तीमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुनःनिर्माण गर्न रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यविधि स्वीकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पीडितको घर पुनःनिर्माणका लागि गत वैशाख अन्तिम साता रु एक करोड आठ लाख पठाएको थियो । 

मोनाले बनाएका बाहेकका घर पुनःनिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन रु १० करोड ३५ लाख बजेट आवश्यक पर्छ । सङ्घ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुनःनिर्माणले पनि तीव्रता पाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ