२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री

३० जेष्ठ २०७८, आईतवार ०६:३४

जेठ ३०, लहान (रासस) । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ (हेस्रा नेपाल)मार्फत करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सो संस्थाले विद्युतीय शय्या, आइसीयू शय्या, इसिजी मेसिनलगायत अस्पतालका लागि आवश्यक विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहमार्फत अस्पताललाई हस्तान्तरण गरेको हेल्पिङ ह्याण्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले जानकारी दिनुभयो । अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा स्तरीय उपचार सेवा दिने नगरप्रमुख साहले बताउनुभयो । 

कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब रु एक अर्ब लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ । यसअघि पनि हेल्पिङ ह्याण्डले हेस्रा नेपालमार्फत गत जेठ २४ मा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब रु तीन लाख मूल्यको अक्सिजन सिलिण्डर, थर्मलगन, पिपिइ, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो ।

कोरोना कहरका बीच २२ युवाद्वारा रक्तदान

कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् । स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवाले रक्तदान गरेका हुन् । कोरोना महामारीका बेला रगतको व्यापक अभाव देखिएकाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ । कोरोना कहरमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका मिर्चैया शाखा अध्यक्ष रोविन साहले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह