२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिस ग्राण्ड झापा–२०१६ हुँदै

२०७२, १८ फाल्गुन मंगलवार १५:११

miss grand press meetफागुन १८, झापा (सास) । किशोरीहरुको अन्तरनिहित प्रतिभालाई
प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले मिस ग्राण्ड झापा–२०१६ गर्न
लागिएको छ ।

मंगलबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी
ग्रिसा एण्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।

प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही फागुन २७ गते गर्ने
तयारी भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए ।

प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भारतीय मोडल प्रियङ्का रोय र नेपाली मोडल सलिना थेबेले
कोरियोग्राफी गर्ने आयोजक संस्थाका सुरज खड्काले जानकारी दिए ।

प्रतियोगितामा शीर्ष स्थान हाँसिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र
शीर्ष १० स्पर्धीलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपेन चौधरीले जानकारी दिए

कुल ७ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम
ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक
संस्थाकी जयन्ती आचार्यले बताइन् ।

प्रतियोगिताको फाइनलमा अनमोल
के.सी. र इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सफलताको लागि अहिले संस्थाको तर्फबाट सोनिका भण्डारी, ज्योति अग्रवाल,
भाष्कर सिटौला, पवन खतिवडा लगायतको टोली खटिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता