साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएक"/>
2026-09-18 10:59 PM
रुपन्देही - RPD

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा छात्रावृत्ती वितरण

साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएकी छात्रा र एक जना विपन्न छात्रा गरी २ जनालाई शैक्षिक सामग्री तथा छात्रावृत्ती प्रदान गरेको छ । शुक्रवार क्लवको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी क्लवले दृष्टिविहिन भएर  उच्च शिक्षाबाट बञ्चित चितवन घर भई बुटवल–१४ तामनगरको नेत्रहिन संघको आश्रय स्थलमा बस्दै आएकी शुसिला गिरी र पीस लुम्बिनी एकेडमीमा पढ्दै आएकी विपन्न छात्रा  दिलमायाँ रानालाई छात्रावृत्ति प्रदान गरेको हो । 

क्लवका अध्यक्ष ला. मनोज ध्वजुको अध्यक्षतमा भएको कार्यक्रममा  दृष्टिविहिन गिरीलाई ब्रेल कापी,  अडियो डिक्स, पेनड्राईभ   प्रदान गरिएको हो भने  विपन्न रानालाई कुल खर्चको ५० प्रतिशत रकम व्यहोर्ने गरी छात्रवृत्ती प्रदान गरिएको हो । 

क्लवका सचिव तथा खस्यौली एफएमका स्टेशन प्रमुख सुमन श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिनियर डिष्ट्रक्ट एडभाईजर ला. सुरेशरत्न बज्राचार्यले क्लवको मुल मन्त्री हामी सेवा गर्छौ भन्ने भावनाले गरिएको सहयोग सह्ररानिय भएको बताएका थिए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथि क्लवका पुर्व अध्यक्ष तथा सेन्टल  युथ कोअडिनेटर बाबुराम  बोहोराले विपन्न र फरक क्षमता भएका व्याक्तिहरुलाई आगामी दिनमा पनि  सहयोग गर्दै जाने प्रतिवद्वताजायर गरेका थिए । कार्यक्रममा छात्रावृत्ति वितरण संयोजक ला. मोहन ठाकुर, रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनी लगायतले बोलेका थिए ।

 सोही कार्यक्रममा पत्रकार कृष्ण खनालको संयोजकत्वमा संकलन गरिएको ३ हजार रुपैयाँ समेत दृष्टिविहिन विद्यार्थी गिरीलाई प्रदान गरिएको थियो । उनलाई उक्त सहयोग रकम काठमाण्डौका रुद्र  शेन पठाइदिएका थिए । दृष्टिविहिन विद्यार्थीको बारेमा बुटवल टुडे दैनिक संगै विभिन्न सञ्चार माध्यममा आएको समाचारको आधारमा सहयोगीहातहरु बढ्दै गएका छन् । दृष्टिविहिन विद्यार्थी गीरीलाई लायन्स क्लव अफ बुटवल खस्यौलीले उच्च शिक्षाको सम्पूर्ण जिम्मा लिएको छ भने उनी अध्ययन गर्ने नवरत्न उच्च माविले  कक्षा १२ सम्मको मासिक शुल्क मिनाह गरिदिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई