साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएक"/>
२८ मंसिर २०८२, शनिबार
रुपन्देही - RPD

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा छात्रावृत्ती वितरण

२८ श्रावण २०७३, शुक्रबार १२:१४

साउन २८, बुटवल | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लायन्स क्लव अफ बुटवल खस्यौलीले अपाङ्गता भएकी छात्रा र एक जना विपन्न छात्रा गरी २ जनालाई शैक्षिक सामग्री तथा छात्रावृत्ती प्रदान गरेको छ । शुक्रवार क्लवको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी क्लवले दृष्टिविहिन भएर  उच्च शिक्षाबाट बञ्चित चितवन घर भई बुटवल–१४ तामनगरको नेत्रहिन संघको आश्रय स्थलमा बस्दै आएकी शुसिला गिरी र पीस लुम्बिनी एकेडमीमा पढ्दै आएकी विपन्न छात्रा  दिलमायाँ रानालाई छात्रावृत्ति प्रदान गरेको हो । 

क्लवका अध्यक्ष ला. मनोज ध्वजुको अध्यक्षतमा भएको कार्यक्रममा  दृष्टिविहिन गिरीलाई ब्रेल कापी,  अडियो डिक्स, पेनड्राईभ   प्रदान गरिएको हो भने  विपन्न रानालाई कुल खर्चको ५० प्रतिशत रकम व्यहोर्ने गरी छात्रवृत्ती प्रदान गरिएको हो । 

क्लवका सचिव तथा खस्यौली एफएमका स्टेशन प्रमुख सुमन श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिनियर डिष्ट्रक्ट एडभाईजर ला. सुरेशरत्न बज्राचार्यले क्लवको मुल मन्त्री हामी सेवा गर्छौ भन्ने भावनाले गरिएको सहयोग सह्ररानिय भएको बताएका थिए । यस्तै कार्यक्रममा विशिष्ठ अतिथि क्लवका पुर्व अध्यक्ष तथा सेन्टल  युथ कोअडिनेटर बाबुराम  बोहोराले विपन्न र फरक क्षमता भएका व्याक्तिहरुलाई आगामी दिनमा पनि  सहयोग गर्दै जाने प्रतिवद्वताजायर गरेका थिए । कार्यक्रममा छात्रावृत्ति वितरण संयोजक ला. मोहन ठाकुर, रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मरासेनी लगायतले बोलेका थिए ।

 सोही कार्यक्रममा पत्रकार कृष्ण खनालको संयोजकत्वमा संकलन गरिएको ३ हजार रुपैयाँ समेत दृष्टिविहिन विद्यार्थी गिरीलाई प्रदान गरिएको थियो । उनलाई उक्त सहयोग रकम काठमाण्डौका रुद्र  शेन पठाइदिएका थिए । दृष्टिविहिन विद्यार्थीको बारेमा बुटवल टुडे दैनिक संगै विभिन्न सञ्चार माध्यममा आएको समाचारको आधारमा सहयोगीहातहरु बढ्दै गएका छन् । दृष्टिविहिन विद्यार्थी गीरीलाई लायन्स क्लव अफ बुटवल खस्यौलीले उच्च शिक्षाको सम्पूर्ण जिम्मा लिएको छ भने उनी अध्ययन गर्ने नवरत्न उच्च माविले  कक्षा १२ सम्मको मासिक शुल्क मिनाह गरिदिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ