2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिस ग्राण्ड झापा–२०१६ हुँदै

miss grand press meetफागुन १८, झापा (सास) । किशोरीहरुको अन्तरनिहित प्रतिभालाई
प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले मिस ग्राण्ड झापा–२०१६ गर्न
लागिएको छ ।

मंगलबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी
ग्रिसा एण्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।

प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही फागुन २७ गते गर्ने तयारी
भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए ।

प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भारतीय मोडल प्रियङ्का रोय र नेपाली मोडल सलिना थेबेले
कोरियोग्राफी गर्ने आयोजक संस्थाका सुरज खड्काले जानकारी दिए ।

प्रतियोगितामा शीर्ष स्थान हाँसिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र
शीर्ष १० स्पर्धीलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपेन चौधरीले जानकारी दिए

कुल ७ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम ग्ल्यामर प्रतिको नकारात्मक
दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाकी जयन्ती आचार्यले
बताइन् ।

प्रतियोगिताको फाइनलमा अनमोल के.सी. र इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको
आयोजकले जनाएको छ ।

कार्यक्रमको सफलताको लागि अहिले संस्थाको तर्फबाट
सोनिका भण्डारी, ज्योति अग्रवाल, भाष्कर सिटौला, पवन खतिवडा लगायतको टोली खटिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई