५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा भैंसी विकास कार्यक्रम शुरु

४ असार २०७८, शुक्रबार ०७:०३

सन्तोष गौतम । असार ४, म्याग्दी (रासस)। जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी विकास कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनीबजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आवदेखि कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममार्फत सञ्चालनमा रहेका फार्ममा भैँसीको सङ्ख्या थप गर्ने, गुणस्तरीय दूध उत्पादन, आहाराको आपूर्ति, बजार व्यवस्थापन र गोठ सुधारमा सघाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्द्रबहादुर भट्टले बताउनुभयो । “सय दुहुना भँैसी पालेका २० भन्दा बढी कृषकलाई समूहमा आबद्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीमा मागअनुसार दूधको आपूर्ति गराउन यस वर्षदेखि शुरु भएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छाँै ।” 

बेनी नगरपालिका–६ अर्थुङ्गेको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्र र वडा नं ४ को बास्कुना कृषि सहकारी संस्था लिमिटेडलाई चालु आवमा रु १५÷१५ लाख अनुदान उपलब्ध गराइएको थियो । केन्द्रका २१ र सहकारीका ५० कृषकले ७३ भैँसीको सङ्ख्या थपेका छन् । थपिएका भँैसीका लागि गोठको क्षमता बढाउन र भकारो सुधार गर्न सहयोग गरिएको आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताउनुभयो । 

“परजीवी विरुद्धको खोप, औषधि र पौष्टिक तत्व खरीद, प्याकिङ गर्ने औजार खरीद, घाँसको बीउ वितरण गरेका छौं ”, उहाँले भन्नुभयो, “समयको बचत र लागत घटाउन घाँस काट्ने च्यापकटर र पानी तताउन सोलार जडान गरेका छौं ।” मल र मूत्रको सुरक्षित व्यवस्थापन गर्न गोठको संरचना सुधार गरिएको छ । समूहका लागि राँगो खरीद, भैँसीलाई खोप लगाउन र भिटामिन खरीद गर्न कृषकलाई सघाएको उहाँले जानकारी दिनुभयो । 

खरीद गरेका भैँसी ढुवानी गर्न कृषकलाई अनुदान उपलब्ध गराइएको छ । बास्कुनाबाट दैनिक दुई सय र आधुनिक भैँसीपालन समूहका कृषकले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । बेनी–७ कुरिलाखर्कको ढुङ्गाना पशुपक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले १२ बाट बढाएर भैँसीको सङ्ख्या १६ पुर्याएको बताउनुभयो । 

पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैंसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक टन दूध उत्पादन हुन्छ । दैनिक दुई हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने बेनीबजारमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरिङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो । 

पछिल्लो समय अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिङ्गा, सिमलचौर, बरञ्जा, घतान, तोरीपानी, पात्लेखेतका कृषकले व्यावसायिक गाईभैँसीपालन गर्न थालेपछि आयात घटेको छ । विशेष गरेर युवाहरुले वैदेशिक रोजगारको विकल्पमा पशुपालन गरेर स्वरोजगार बनेका बेनपा–६ एकपाटेका कृषक रामु शर्माले बताउनुभयो । 

कृषकहरु व्यावसायिक गाईभैंसीपालनमा आकर्षित भएसँगै बजार र आहारा आपूर्तिको व्यवस्थापनको चुनौती देखिएको छ । जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनाका साथै कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि दूधको बजार व्यवस्थापन तथा आहारा उत्पादनमा जोड दिइएको पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक सुभाष रेग्मीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए