Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मिराई ग्लोबलद्वारा मुगुमा स्वास्थ्य सामग्री तथा राहत वितरण

२०७८, ६ असार आईतवार ०३:४२

असार ६, मुगु | मिराई ग्लोबल एजुकेसन एन्ड भिसाका तर्फबाट नेपालको कर्णाली प्रदेशमा अवस्थित विकट जिल्ला मुगुलाई कोविड राहत स्वरुप खाद्यान्न सामग्री वितरण भएको छ । 

अहिले विश्व नै कोभिड महामारीले आक्रान्त पारिरहेको अवस्थामा प्राय व्यापार व्यवसाय ठप्प भए पनि 'व्यवसाय वा नाफा भन्दा माथि हरेक व्यक्तिको ज्यान, स्वस्थ उपचार सेवा पाउनु र बाँच्न पाउनु सबैको अधिकार हो' भन्ने सोचले उत्प्रेरित  भएर सहयोग गरिएको मिराई ग्लोबलका मेनेजिङ डिरेक्टर उमेश खड्काले बताए । साथै उनले कुनै पनि पेशा वा व्यापार व्यवसायलाई परोपकारसंग जोड्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै आफू बिदेशमा रहेता पनि आफ्नो जन्मभूमि तथा अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली समुदायका व्यक्तिमा आईपरेको विपतको बेलामा आफू र आफ्नो संस्थाले सदैव सहयोग गर्न तत्पर रहेको बताएका छन् । 


उनले राहत र सहयोग सुविधा सम्पन्न विकशित ठाउँमा भन्दा पनि विकट र साच्चिकै आवश्यकता भएको ठाउँसम्म पुर्याउनुपर्छ भन्ने विचारले मुगु जिल्लामा सहयोग गर्न छनोट गरेको जानकारी दिए । राहत अभियानमा खटिएका अनिल बानिया र टिमलाई समेत खड्काले धन्यबाद दिएका छन् । मिराई ग्लोबलका चिफ अपरेटिगं अफिसर रेशम सिग्देलले यो बेला आफु सचेत भै बस्न सबैलाई आग्रह गर्नुको साथै यो सहयोगमा जोडिन पाउदा खुसीलागेको अबगत गराए ।

मिराई ग्लोबलले सय बोरा चामल, २ हजार ५ सय माक्स, २० लिटर सेनिटाइजर, २ पिस अक्सिमिटर र ५० पिस पिपिइ सेट सहयोग गरेको छ । 


मीराई ग्लोबल एजुकेसन एण्ड भिजाले विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसबेन सहरमा स्थापित भई हाल नेपालमा दुइवटा शाखा र श्रीलंकामा एक गरी चार वटा शाखा सञ्चालन गर्दै आइरहेको छ । यसका मेनेजिङ डिरेक्टर उमेश खड्का गैर नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन् र हाल अस्ट्रेलियामाको बिर्जवेनमा बसोबास गर्दै आफ्नो व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित