२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरा : बजारभित्र डोजर प्रयोग गरेर सडक खन्दा दर्जनौं घर जोखिममा

६ असार २०७८, आईतवार १६:००

गंगराज पण्डित, असार ६, बाजुरा (रासस) । बजारभित्र जताततै डोजर प्रयोग गरेर सडक खन्दा बाजुराको सदरमुकाम मार्तडीको केही बस्ती पहिरोको उच्च जोखिमा रहेका छन् । वातावरणीय प्रभाव मुल्याङ्कन तथा योजना बिना विकासका नाममा बस्तीलाई नै जोखिममा राखेर डोजरले सडक खन्दा बस्ती नै जोखिममा परेका छन् । 

बस्तीको बीचमा बिना कुनै स्टमेट, मनोमानी तरिकाले बजारभित्र डोजर लगाएर सडक खन्दा दर्जनौं घरहरु पहिरोको जोखिममा रहेका स्थानीयबासीले बताएका छन । एक हप्तादेखि लगातारको वर्षाका कारण सडकको माथिबाट आएको पहिरोले बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टलगायत धेरैको घर पहिरोको जोखिममा परेको छ ।

शनिबार राति सडक माथिबाट आएको पहिरो घरको दोस्रो र तेस्रो तलाको झ्यालबाट भित्र पसेको छ । आइतबार बिहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीले घर भित्रको सामान उद्धार गरेका छन् । त्यो क्षेत्रमा रहेको १५ परिवार भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

पहिरोले त्रिवेणी साना जलविद्युतको नहर पुरिदा राति देखि नै सदरमुकामलगायत आसपास क्षेत्रको विद्युत्त सेवा पूर्ण रुपमा बन्द भएको छ । थापाबाडा चैडील हुँदै खुला मञ्चको लागि खनिएको सडक बिना प्राबिधिक रुपमा गाउँको बिचमा डोजरले खन्दा सडक माथि र तलका दर्जनौ बस्ति जोखिममा परेका छन् । बालमन्दिर आधारभूत विद्यालय पनि पहिरोको जोखिममा रहेको छ ।

भिरालो जमिनमा मनोमानी तरिकाले डोजर मार्फत सडक खन्दा सकडको माथिबाट पहिरो आएपछि बस्ती जोखिममा परेको स्थानियबासी सन्तोष सिंहले बताउनुभयो । निर्माणाधीन बसपार्कको वालमा लगाएको तार जालीे बसपार्कमा पुरेको माटोलाई थेग्न नसकेपछि पल्टिएर मूनीको बस्तिनै जोखिममा रहेको बडिमालिका नगरपालिका ९ का स्थानीयबासी चन्द्र थापाले बताउनुभयो ।

बडिमालिकामा छ परिवार जोखिममा 

लगातारको वर्षाका कारण बाजुराको बडिमालिका–२ माझीगाउँको दलित बस्तीका ६ परिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । कमल नेपाली, जया दमाइ, जंग नेपाली लगाएत ६ दलित परिवार तलबाट पहिरो गएपछि पहिराको उच्च जोखिममा रहेहो वडाध्यक्ष डम्बर महतले जानकारी दिनुभएको छ । बस्ती तल बुढीगंगा नदीले लगातार कटान गरिरहेको र बस्ती विस्तारै बस्न लागेको छ । अघिल्लो साउन २५ गते आएको बुढीगंगाको बाढीले तीब्र कटान गरका कारण यस वर्ष पनि कटान पुनः शुरु भइसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ