सन्तोषकुमार गुप्ता | साउन २८, देउखुरी । दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता | साउन २८, देउखुरी । दे"/>

2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका युवाले भने ‘हामीलाई विदेश होईन स्वदेशमै केही गर्ने अवसर देउ’ (फोटो फिचर)


सन्तोषकुमार गुप्ता | साउन २८, देउखुरी । देउखुरीका युवाहरुले भने हामीलाई बैदेशिक रोजगार होईन् स्वदेशमै केही गर्न अवसर दिनु पर्ने बताएका छन् । १६ औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सिसहनियाँ युवा सञ्जाल, बिहानी रेडियो स्रोता समूह लठहवा र नवसाहसी युवा क्लब सिसहनियाँको सयुक्त आयोजना एवम् सिसहनियाँ गाविसको सहयोगमा शुक्रबार शंकर मावि पिपरीमा आयोजना गरिएको बोल्ने युवाहरुले हामी श्रम बगाउन विदेश होईन पैसा कमाउन स्वदेशमै केही गर्न खोजेको बताएका छन् । 

सो कार्यक्रममा बोल्दै अस्मिता सुन्दासले राज्यले युवाहरुको अवसरलाई ज्ञारेन्टी गर्नु पर्ने बताईन् । उनले युवाहरुलाई राज्यको निति निर्माण तहमा अग्रअधिकारी दिए मात्र समुन्त राष्ट्र निर्माण संगै समाज रुपान्तरण हुने बताईन । युवाहरु जब सम्म अरुबाट प्रयोग र परिचालन भई रहन्छन् तब सम्म न त युवा अधिकार नै सुनिश्चत  न त युवा अधिकारी नै प्राप्त हुन्छ, सुन्दासले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै बेलमति चौधरीले भनिन् जुन देशमा युवा र युवा अधिकार बलियो हुन्छ, त्यो देश आर्थिक, समाजिक र राजनितिक रुपमा बलियो र सक्षम हुन्छन् । उनले अमेरिका, जपान, कोरिया जस्ता देशहरुको उदाहरण दिंदै भनिन् त्यहाँ युवाहरुलाई सम्मान, अवसर, अधिकार सुनिश्चत छ, त्यसैले ती देशहरु आर्थिक मात्र नभई सबै दृष्टिीकोणले सक्षम र बलियो पनि छन् । हाम्रा देशका युवाहरुलाई स्वदेशमा अवसर होईन बिदेश जान प्रोत्सान र दबाब दिईन्छ अनि कसरी देश सक्षम हुन्छ त ? उनले प्रतिप्रश्न समेत गरिन् । त्यस्तै आर्का युवा सुनिल सुन्दासले भने राज्यले युवाहरुलाई सही रुपमा परिचालन गर्न नसके कै बर्षेनी लाखौँ युवाहरु बिदेश पलायन हुनु पर्ने बाध्यता रहेको बताए । उमेर हुँद सम्म बिदेशमा मर्ने बेला स्वदेशमा अनि कसरी हुन्छ देशको विकास उनले भने । युवा परिचालन हुन नसक्नु नै राज्यको कमजोरी भएको बताउँदै हाम्रो जस्तो प्राकृतिक धनी देश बिश्वमै कही छैन, तर धनी देशका गरिब जनता हामी कहिले विकशित हुने राज्यका नेतृत्वहरुलाई समेत मतलब नभएकै कारण युवा पिढि पछाडी परेको बताए । युवा र देशलाई आत्मानिर्भर बनाउन राज्यले अब उत्पादन तर्फ लाग्नुको विकल्प नरहेको सुन्दासले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै बिनिता चौधरीले भनिन् हामीले सधै भरि अरुलाई मात्र आरोप लगाउनु भन्दा स्वम् आफू नै आफ्नो अधिकार प्रति सजक रहनु पर्ने धारणा राखिन् । हामीले अधिकार मात्र माग्यौँ तर कहाँ नेर राज्य प्रति कर्तव्य पुरा गर्यो त उनले प्रति प्रश्न गरिन् । अधिकारको लागि आन्दोलन गर्नु भन्दा उत्पादन तर्फ लाग्न सके राष्ट्रय र व्यक्ति स्वम् नै सक्षम हुने बताईन् । 

सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डेको अध्यक्षता एवम् शंकर माध्यमिक विद्यालयका सह—प्रधानध्यापक सुवर्णमान चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्राहरुले राज्य युवा अधिकार संगै अवसर प्रदानका लागि ठोस योजना अघि सार्नु पर्ने बताएका थिए । उनीहरुले जब सम्म स्वदेशमै युवाहरुलाई उत्पादनमुखी कार्यमा युवा परिचालन गर्न सकिदैन तब सम्म जति नै गरे पनि युवाहरुको भावना सम्बोधन नहुने बताएका थिए । सञ्जालकी सचिव अञ्जु चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सिसहनियाँ उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष प्रकाश आचार्य, सिसहनियाँ प्रहर िचौकीका प्रहरी सहायक निरिक्षक यज्ञमणि बैद्धिक, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, ज्ञानोदय माविका शिक्षक रामप्रसाद चौधरी, बालकल्यण निमाविका शिक्षक श्रीबहादुर चौधरी, बिहानी रेडियो स्रोता समूहकी अध्यक्ष रबिता चोधरी, नवसाहसी युवा क्लबका सह—सचिव बुद्धिप्रकाश पौडेल, साहित्यकार तथा पत्रकारद्धय धर्मराज बैरागी, बिदुर एमसी र न्यू डान्स क्रियासनका संरक्षक आषिश न्यौपाने लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । युवा दिवसको अवसरमा आयोजित युवा अधिकार आजको आवश्यकता बिषयक बतृत्वकला प्रतियोगितामा बिहानी रेडियो स्रोता समूहकी बिनिता चौधरी प्रथम, शंकर माविकी अस्मिता सुन्दास द्धितिय, ज्ञानोदय माविकी बालमति चौधर तृतीय, शंकर माविका सुनिल सुन्दास सान्तवना भएका छन् । 

सिसहनियाँ गाविस कार्यालय परिसरबाट शुरु भएको सयौँ युवाहरुको र्यालीले विभिन्न युवा अधिकार सम्बन्धी नारा लगाउँदै सिसहनियाँ बजार परिक्रमा गरी शंकर मावि पिपरीमा आई औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।

युवा दिवसको अवसरमा स्रोता समूहले गर्यो जखेरा ताल सरसफाई


१६ औँ अन्र्तराष्ट्रिय युवा दिवस अवसरमा जखेराताल रेडियो स्रोता समूहले शुक्रबार देउखुरी धार्मिक तथा पर्यटकीय स्थल जखेराताल परिसर सरसफाई गरेको छ । इक्वल एक्सेस नेपालको साझेद्धारी विकास परियोजना द्धारा गठित स्रोता क्लबले वातावरण स्वच्छ बनाउन तथा पर्यटकहरुलाई आर्कषित बनाउन युवा दिवसको अवसरमा जखेराताल सरसफाई गरेको हो । 

क्लबकी अध्यक्ष रिता चौधरीको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा वार्ड प्रहर िकार्यालय लमहीका निमित्त प्रमुख नरेश ढकाल, ताल संरक्षण समितीका उपाध्यक्ष रामसिंह केसी, सर्चफर कमन गा्रउण्डका राजेन्द्र अधिकारी र साझेद्धारी विकास परियोजनाका जिल्ला संयोजक दशरथ घिमिरे लगायतको उपस्थीत रहेको थियो । सरसफाई कार्यक्रममा स्रोता क्लब, वार्ड प्रहरी कार्यालयका प्रहरी जवान, वार्ड नागरिक मञ्च, बाल संरक्षण समिती, सामुदायिक वन समूहका गरी ४० जनाको सहभागिता रहेको थियो ।       

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह