२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

२०७८, ८ असार मंगलवार ०४:०१

असार ८, बलेवा (रासस) । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ