२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

छानविन समिति गठन

२४ फाल्गुन २०७२, सोमबार १०:४९

फागुन २४, विर्तामोड । वि एण्ड सी टिचिङ हस्पिटल एण्ड
रिसर्च सेन्टर प्रा.लि., विर्तामोडमा आइतबार साँझ उपचारका क्रममा दुवागढी गाविसका २१ वर्षीय सुवास
उप्रेतीको मृत्यु भएपछि सिर्जना भएको विवादको छानविन गर्न समिति गठन भएको छ । सोमबार उद्योग वाणिज्य
संघ, विर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।


समितिको सदस्यहरुमा अस्पतालका प्रतिनिधि प्रेम नेम्बाङ्ग, टीकाप्रसाद
अधिकारी, मृतकका तर्फ स्थानीय नरेन्द्रप्रसाद घिमिरे, सन्तोषकुमार मेचे, नरेश महरा, बालकृष्ण रिजाल,
रुपेश मेचे, भूपन्द्र न्यौपाने, कन्काई हस्पिटलका अध्यक्ष फडेन्द्र चौलागार्ईं, मृतक परिवारका
खड्गप्रसाद उप्रेती र कमला मैनाली छन् ।

त्यस्तै, विद्यार्थी
प्रतिनिधिमा सन्तोष उप्रेती र टीकाराम मंग्राती रहेका छन् ।
समितिले उक्त घट्नाप्रति छानविन गर्दै ३
दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ । मृतक उप्रेतीको शवलाई सोमबार अपरान्ह नै परिवारले
जिम्मा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने