2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

५५ लाखमा रक्त सञ्चार भवन निर्माण, प्रम ओलीले उद्घाटन गर्ने

फागुन २६, बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा
बिर्तामोडको संयुक्त पहलमा बिर्तामोडमा रक्तसञ्चार सेवाको भवन निर्माण पूरा भएको छ ।

bhawan

बिर्तामोड–१स्थित देवी
पञ्चकन्या प्लटिङ रहेको उक्त भवनको भोलि फागुन २७ गते विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन
गर्ने कार्यक्रम तय भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सभापति ढकालका अनुसार विहान
८ बजे प्रधानमन्त्री ओलीले रक्तसञ्चार सेवा भवनको उद्घाटन गर्नेछन् ।

बिर्तामोड र झापाका विभिन्न
स्थानका दानवीरहरुले प्रदान गरेको सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । भवन उद्घाटनको अवसरमा जग्गा
दाता तथा भवन निर्माणमा सहयोग पु¥याउने सबैको योगदानको कदर गरी सम्मान पत्रद्वारा सम्मान गरिने रेडक्रस
उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।

२०६९ साल असार ३ गतेबाट शुरु गरी ५५
लाख रुपैयाँको लागतमा रक्तसञ्चार सेवा भवन निर्माण गरिएको रेडक्रस बिर्तामोडका सचिव एकराज गिरीले बताए ।
तीन तले उक्त भवनमा रेडक्रस बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालय समेत रहेको छ ।
भवन
निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएको थियो
। भवन निर्माणका लागि एक लाख रुपैयाँभन्दा बढी सहयोग गर्नेलाई रेडक्रसको यसेस्कर सदस्यता र २५
रुपैयाँभन्दा बढी प्रधान गर्नेलाई विशिष्ठ सदस्यता प्रदान गरिएको छ । उक्त भवनको पहिलो तलामा एक
बर्षदेखि रक्तसञ्चार सेवा शुचारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई