Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन हुने देउपुरमा बोट धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन् । गाविसका सबै वडामा बोट मर्ने समस्या देखिएको छ । साउनको पहिलो सातादेखि सुन्तला मर्ने रोग देखापरेको थियो ।

सुरुमा पात पहेँलो भएरपछि विस्तारै बोट मर्न थालेको किसानले बताएका छन् । स्थानीय भूमिराज शर्माले अज्ञात रोगको पहिचान नहुँदा किसान समस्यामा परेको बताउनुभयो । अज्ञात रोगका कारण नयाँ तथा पुराना बिरुवा धमाधम मर्दै गएको शर्माले जानकारी दिनुभयो ।

माछापुच्छ्रे कृषि सुन्तला सहकारीका अध्यक्ष दाताराम चापागाइँले सुन्तलाको रोगको घरेलु उपचार गरेपनि समस्या समाधान नभएको बताउनुभयो ।

अज्ञात रोगको पहिचान गरी रोकथामको व्यवस्था मिलाइदिन जिल्ला कृषि विकास कार्यालयसँग अनुरोध गरिएको चापागाइँले जानकारी दिनुभयो । कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले किसानले उपलब्ध गराएको नमुना काठमाडाँैस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउन लागिएको बताउनु भयो ।

नमुना सङ्कलन गरी पठाउने तयारी भइरहेको छ, उहाँले भन्नुभयो,‘ त्यसपछि के रोग लागेको हो कसरी उपचार गर्ने भन्ने पत्ता लागिहाल्छ, । हिउँद याममा असिनाले दाना नष्ट भएर घाटा बेहोरेका किसान अहिले बोट नै मर्न थालेपछि मर्कामा परेका छन् । गाविसमा व्यावसायिक खेती गर्नेको सङ्ख्या २०० को हाराहारीमा रहेका छन् । सुन्तला बेचेर देउपुरका किसानले वर्षमा रु एक करोड भित्र्याउने गरेका छन् । रासस