2026-11-01 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पाँचौँपटक निषेधाज्ञा थप

असार १५, बैतडी | भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गर्नु भएको हो । 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ को सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चौथोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिंदैछ । 

निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी सञ्चालनमा आउने भएका छन् । सार्वजनिक, निजी र भाडाका गाडीमा सिट  क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

सबै कार्यालयले सार्वजनिक सेवा नियमितरुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराँले ‘होम–डेलीभरी’ तथा ‘टेक–वे’ सेवा सञ्चालन गर्न सक्नेछन् । 

यस्तै सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर भने पूर्णरुपमा वन्देज गरिएको छ ।

निषेधाज्ञाको समयमा कसैले कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, मूल्य बढाएको पाइएमा कानूनअनुसार कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।  

कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलोपटक गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । वैशाख २० देखि शुरु भएको निषेधाज्ञा जेठ २ गतेसम्म, जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१ र असार १ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो । कोरोनाकै कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द