सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ ।"/>
२४ मंसिर २०८२, मंगलवार
बझाङ्ग - BJN

भाइरल ज्वरो जिल्ला भरी नै फैलियो

२९ श्रावण २०७३, शनिबार ११:११

सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ । 

मौसम परिवर्तनले गर्दा जयपृथ्वी नगरपालिकामा फाटफुट देखा परेको भाइरल ज्वरो जिल्ला भरी नै भाइरल ज्वरो फैलिएको हो । 

दौलिचौर , सुर्मा ,सुनिकोट, रिलु, भातेखोला, मेलबिसौना लगायतका  गाविस र नगरपालिका वडाहरु चैनपुर, लुयाँटा,हेमन्तवाडा एवं रिठापाटामा भाइरलका बिरामी दिन प्रतिदिन बढ्दै गइरहेका छन । 

भाइरल ज्वरो बढेपछि उपचारका लागि जिल्ला अस्पताल, स्वास्थ्य चौकी र निजी औषधि पसलहरुमा बिरामीको भिँड लागेको छ ।  बच्चा देखि बृद्घ सम्मलाई भाइरल ज्वरो देखिएपछि जनजिवन प्रभावित बनेको छ । 

ज्वरो आउने, हात खुट्टाका जोर्नीहरु दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखा परेको भाइरल ज्वरोका बिरामी ईश्वर सुनारले बताए  । भाइरल ज्वरोले ८ जनाको परिवार नै थला परेको उनको भनाई छ । 

२ बर्ष पहिले बझाङमा फैलिएका भाइरल ज्वरोले ३ जनाको मृत्यु भएको थियो । यस बर्ष पनि जिल्ला भरी फैलिएको भाइरल ज्वरोको तत्काल उपचार हुन नसके यसले पनि महामारीको रुप नलेला भन्न सकिन्न । 

जिल्लाका स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी र जिल्ला अस्पताल गरी दैनिक झण्डै २ सय भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बझाङका सुचना अधिकारी गंग प्रसाद जोशीले बताए । उनले भने भाइरल ज्वरोका बिरामी  दिन प्रतिदिन बढ्दै गइरहेका  र  डाक्टरहरु बिरामीको उपचारका लागि दिनरात खटि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की