२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा पहिरोमापुरिएका दुईको जीवितै उद्धार

१८ असार २०७८, शुक्रबार ०६:०५

असार १८, तनहुँ (रासस) । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।

बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।

पहिरामा परी १९ बाख्रा, दुई भैँसी मरे

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ । 

पृथ्वीराजमार्ग खुलाइ पनि डुम्रे–बेँसीशहर र खैरेनी–भिमाद खण्डमा पहिरो अवरुद्ध भएपछि हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिराले दुई जनाको मृत्यु भएको छ । पहिरामा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिराबाट सोही जडाका करिब ३० वर्षीय सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिनुभयो । सरस्वती थापाका ससुरा, सासु र देवर घाइते भएका छन् । 

खेतमा डुबेर एकको मृत्यु

निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताउनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । 

बाह्र सय रोपनी खेतको धानबाली नष्ट

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित रहेको ढोरफिर्दीको झण्डै एक हजार २०० रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराहीखोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पुर्याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी जानकारी दिनुभयो । 

“हामी महाविपत्तिको सामाना गरिरहेका छौँ, हाम्रो वडावासीको खेत पुरेको अवस्था छ, घरहरु डुबानमा परेका छन् । सडक सबै अवरुद्ध छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार वडाको डहरे बस्तीका झण्डै ६५ परिवार बाढी र वर्षापछिको डुबानमा पर्ने उच्च जोखिममा रहेका छन् । उनीहरूलाई अन्य सुरक्षित क्षेत्रमा सर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ