सरु चापागाई/साउन २९, गैँडाकोट । प्राज्ञिक विघार्थी परिषदको आयोजनामा जीवन उपयोगी शिप विकास तालिम आज देखि गँैडाकोटमा सुरु भएको छ । विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम भोलि सम्म चल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाभित्र रहेका ९ वटा उच्च माध्यमीक विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत ७० जना विधार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतीथी वरिष्ठ साहित्यकार एवं एसपिएम कलेजका प्राचार्य गोविन्दराज विनोदीले बिद्यार्थी बिद्याथीमात्रै नभई कुशल, असल र सफल बिद्यार्थी बन्नुपर्ने बताउनुभयो । तालीमले बिद्यार्थीलाई क्षमतावान बनाउने उहाँको विस्वास थियो ।
यस्तै प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय महासचिव रमेश कण्डेलले क्षमता अभिबृद्धि कार्यक्रमले व्यक्तित्व विकासमा टेवा पुग्ने र समाजलाई सून्दर बनाउन सहयोग पुग्ने बताउनु भयो । परिषदका गैडाकोट नगर सचिव एवम कार्यक्रम संयोजक दिवस न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नवलपरासीका जिल्ला संयोजक एवम केन्द्रिय सदस्य शुशिल कोइराला, परिषदका चितवन सचिव एवम केन्द्रिय सदस्य चन्द्रशेखर जोशी लगायतके उपस्थिती रहेको थियो ।
भजन गायक हिरालाल कडेल र प्राज्ञिक विधार्थी परिषद नेपालका राष्ट्रिय महासचिब रमेश कंडेल ले प्रशिक्षण दिनुभएको कार्यक्रममा सुष्मा लामिछानेले सहजीकरण गर्नुभएको थियो ।