२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही : भासियो निर्माणाधीन पुल

१८ असार २०७८, शुक्रबार ०९:४३

असार १८, सर्लाही (रासस) ।  लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधीन रहेको पक्की पुल भासिएको छ । लालबन्दी–३ र ईश्वरपुर–८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधीन अवस्थामा रहेको पक्की पुल सामान्य पानी पर्दै भासिएको हो ।  

सङ्घीय सरकारको रु १२ करोडको लागतमा आर्थिक वर्ष २०७५/७६ बाट निर्माण शुरु गरिएको पक्की पुल ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा आएको सामान्य पानीका कारण पुल भासिएको छ ।

रु १२ करोडको लागतमा निर्माण शुरु गरिएको पुलको लम्बाइ करीब २०० मिटर रहेको ठेकेदार मनोजकुमार साहले बताउनुभयो । उहाँका अनुसार कूल लम्बाइ २०० मिटर रहेकामध्ये ४० मिटर भासिएको हो । पप्पु एन्ड शिवशङ्कर (जेभी)ले आव २०७५/७६ बाट निर्माण शुरु गरी चालु आवमा निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का लिएको थियो ।

पुल निर्माणको करीब ८० प्रतिशत काम सकिएको र बाँकी काम यही महिनाभित्रमा सकाउने तयारीमा रहेको ठेकेदार कम्पनीे करीब ४० मिटर पुल भासिँदा करीब रु दुई करोड घाटा लागेको बताएको छ ।

सो पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको थियो । वर्षाको मौसम र बालुवामाथि फर्मा राखिएका कारण पुल पनि भासिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ