२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

यसै वर्षभित्र साञ्जेन विद्युत् आयोजना सम्पन्न हुने

१८ असार २०७८, शुक्रबार १४:३०

ज्ञानेन्द्र न्यौपाने,  असार १८, रसुवा ( रासस ) । निर्माणाधीन माथिल्लो साञ्जेन विद्युत् आयोजनाको छिट्टै उपकरण जडान हुने भएको छ ।  सिम्बु गाउँमा रहेको सो आयोजनाको भौतिक निर्माण सम्पन्न भई विद्युत उत्पादन गर्ने उपकरण जडान शुरुआत हुन लागेको हो ।

अहिले अधिकांश उपकरण आयोजनास्थलमा आइसकेको र कोभिड–१९ समस्याले उपकरण जडान ढिलो भएको आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“विसं २०७८ भित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । अब छिट्टै उपकरण जडान शुरुआत हुन्छ । ” 

उपकरण जडानका लागि चिनियाँ प्राबिधिक टोली आउन लागेका जनाइएको छ । हाल चीनले बाह्य हवाई उड्डयन रोकेकाले उनीहरु आउन ढिलाई भएको आयोजनाले जनाएको छ । चौध दशमलव आठ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाको प्रायःजसो संरचना  निर्माण पूरा भएको छ । 

तिलोचे खोलामा १४ मिटर लामो बाँध ,एक हजार तीन सय ८० मिटर लामो हेडरेस सुरूङ , तीन सय ४५ मिटरको पेनस्टक पाइप सुरूङ एवं पाइपलाई कंक्रिट समेतका निर्माण सम्पन्न भएको आयोजना प्रमुख महतले जानकारी दिनुभयो । 

प्रतिसेकेण्ड ११ दशमलव सात धनमिटर पानी विद्युत गृहमा पठाइने र तीन  फ्रान्सिस नामको टरवाइन राखिने बताइएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१३ देखि निर्माण शुरूआत भएको थियो । 

बाढी पहिरो ,  पेट्रोलियम पर्दाथको अभाव , भूकम्प र कोरोना सङ्क्रमणको जोखिम जस्ता बिबिध कारणले सो आयोजनाको निर्माण ढिलाइ भएको जनाइएको छ । आयोजनाको लागत भने रू दुई अर्ब दुई करोड रहेतापनि पुनराबलोकन गर्दा २० प्रतिशतले उत्पादन लागत बढ्ने आयोजना प्रमुख महतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे