Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिद्धारा अनुगमन


प्रकाश बम | साउन २९, डोटी | जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिले डोटीको पचनालि गाविसमा आज अनुगमन गरेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा सेबक नेपाल डोटीद्धारा सञ्चालित पोषण खाध्य सुरक्षा परीयोजनाले सञ्चालन गरेको कार्यक्रमकोअनुगमन गरीएको हो । संस्थाले पचनालि गाविसमा रहेको चौफाल सहकारी संस्था मार्फत बाख्रा श्रोत केन्द्र,डिपीङ पोखरी,टाटुन निर्माण गरीएका ठाउमा अनुगमन गरीएको थियो । १६ लाख लागतमा उक्त बाख्रा श्रोत केन्द्रमा ३ लाख ३६ हजार सेबक नेपाल,३ लाख भेटनरी र बाँकि लगानि सहकारी संस्थाले गरी निर्माण गरीएको सहकारी संस्थाका अध्यक्ष खेम राज जोशिले बताउनु भयो । त्यस्तै सेवक नेपाल संस्थाले बोयर बोका,टाटुन र डिपिङ पोखरीको लागि ३ लाख जति सहयोग गरेको अध्यक्ष जोशिले बताउनु भयो ।

अनुगमन पछि जिल्ला स्तरीय परीयोजना सल्लाहाकार समितिले योजना लगानि अनुसार बने पनि प्रतिफल गुणात्मक नदेखिएको,सहकारी संस्थाले ब्यवसायि रणनितिबनाएर अगाढी बढ्नु पर्ने लगाएतका सहभागिहरुले सुझाबहरु  दिएका थिए ।

अनुगमनमा डोटीका स्थानिय विकास अधिकारी कृष्ण गौतम,सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट,बरीष्ट कृषि बिकास अधिकृत डा. तपेन्द्र शाह, निमीत्त जिल्ला शिक्षा अधिकारी अम्बादक्त जोशि,निमीत्त महिला विकास अधिकृत सबिना श्रेष्ठ,फेडवासनका अध्यक्ष हस्त बुढा,नेपाल पत्रकार महासंघका सदस्य प्रकाश बम,सेबक नेपालका जिल्ला कार्यक्रम संयोज गजेन्द्र प्रसाद खत्रि लगाएतको सहभागिता रहेको थियो ।

संस्थाले जिल्लाका बारपाटा,पचनालि,बाझककानि,खातिवडा र लाटामाण्डौ गाबिसमा कृषि तथा जिविको पार्जनका क्षेत्रमा काम गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई