२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सुजिता भण्डारी मृत्यु प्रकरणमा एक सयभन्दा बढीसँग सोधपुछ

२४ असार २०७८, बिहीबार ०७:०१

असार २४, चितवन (रासस)। पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । सो अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भन्नुभयो, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उहाँको भनाइ छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उहाँले जानकारी दिनुभयो । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ । 

“शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ््यारोमा पार्ने काम भएको छ”, उहाँले भन्नुभयो “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उहाँको भनाइ छ । 

प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।” अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उहाँले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गर्नुभयो । 

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उहाँले जानकारी दिनुभयो । 

शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले जानकारी दिनुभयो । 

अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उहाँको भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ