सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाए"/>
२३ मंसिर २०८२, सोमबार
दाङ्ग - DNG

स्थानिय तह पुर्नसंरचनाको विषयमा देउखुरीको सिसहनियाँमा पुन: छलफल

३० श्रावण २०७३, आईतवार ०२:२९

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाएका छन् । सिसहनियाँ गाविसको आयोजनामा शनिवार सिसहनियाँ गाविस कार्यालयमा आयोजित स्थानीय तहको पुर्नसंरचना निर्माणका विषयमा भएको वृहत छलफलले चार गाविसलाई समेटेर गाउँपालिका बनाउने लिखित सहमति गरेका हो ।  

गाउँपालिकाको केन्द्र र नामका विषयमा भने पछि आपसी सहमतिमा टुङगो लगाउने गरी सहमति भएको छ । छलफलका क्रममा आफ्ना भनाई राख्ने अधिंकाश वक्ताहरुले भौगोलिक अवस्था, क्षेत्र, पुर्वधार र सेवा सुविधाका हिसावले स्थानिय तहको पुर्नसंरचना गर्दा सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविस गाउँपालिका बन्न उपयुक्त रहेको बताइरहेका बेला जिल्ला विकास समिती दाङले डेक्समा बसेर स्थानीय राजनितिक दल र नागरिक अगुवाहरुको सुझाव बिना एकलौटी तरिकाले देउखुरीलाई उपेक्षित गर्दै नगरपालिका र गाउँपालिकाको खाका तयार पारेकोमा आपत्ति जनाएका छन् । 

उनीहरुले सिसहनियाँ र लालमटिया गाविसलाई लमही नगरपालिकामा गाभ्न खोजेकाले सो खाका रद्द गरी चार वटै गाविसको सहमति अनुसारको गाउँपालिका बनाउन अनुरोध समेत गरेका छन् । 

यसैबीच छलफलले चार वटै गाविसको सहमतिलाई कायम गर्न नुमानन्द सुवेदीको संयोजकत्वमा ३५ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसका राजनितिक दल र नागरिक अगुवाहरु रहनु भएको छ । 

सिसहनियाँ गाविसका वोर्ड सदस्य तथा नेपाली काग्रेसका पार्टी प्रतिनिधि भिमलाल चौधरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाली काँग्रेस लालमटिया गाउँ पार्टी सभापति दुर्योधन पाण्डे, नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाकर भुसाल, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा माओवादी केन्द्र लालमटियाका अध्यक्ष धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का अध्यक्ष केशवराज खनाल, नेकपा माओवादीका गणेश के.सी, गोबरडिहा गाविसका निर्वतमान अध्यक्ष सहजराम यादव रहेका थिए । 

यस्तै नेकपा एमाले सिसहनियाँ गाउँ पार्टी अध्यक्ष खिमबहादुर केसी, फोरम लोकतान्त्रिका गोरखनाथ कसौधन, राप्रपा नेपालका टेकबहादुर कार्की, राप्रपाका भिमबहादुर चौधरी, टेकबहादुर गिरी, लालमटिया गाविसका पूर्व अध्यक्ष द्रोर्ण भुसाल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाका सभापति गंगाराम भट्टराई, स्थानियबासी हुकुमबहादुर बस्नेत, अर्जुन अधिकारी, हेमराज पुन, जुद्धबहादुर कार्की, हरि सुवेदी, कमलनारायण चौधरी, रामप्रसाद चौधरी, कमल केसी, ढुण्डीराज आचार्य र पत्रकार केशव बोहरा, लगायतका वक्ताहरुले आ—आफना विचार राखेका थिए । छलफल कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो