2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट सेवा समाज युएईले त्रिशुली अस्पताललाई पठाए ईमर्जेन्सी बेड

असार २७, विदुर । वैदेशिक रोजगारको शिलशिलामा रहेका नुवाकोटका युवाहरुले जिल्लावासीको कोरोना उपचारका लागि दुई वटा ईमर्जेन्सी एण्ड रिकभरी हाईड्रोलिक बेड पठाएका छन् । नुवाकोट सेवा समाज युएईले जिल्ला अस्पताललाई करिब ३ लाख मुख्य बराबरको उक्त बेड आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल त्रिशुलीमा नुवाकोटसहित धादिङ र रसुवाको नागरिकहरुलाई समेत उपचार सेवा उपलब्ध गराउँदै आएकोमा परदेशमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट खरिद उक्त स्वास्थ्य सामाग्रीहरु विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले रोहोवरमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर पण्डितले उपलब्ध गराएको बेडले जटिल खालका बिरामीको उपचारमा सहज हुने अपेक्षा रहेको बताए । अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा जनशक्तिको अभाव र पूर्वाधारको कमि रहेको छ ।

जिल्लामा तेस्रो भेरियन्टको डेल्टा प्लस देखिएसँगै बालबालिकाहरुमा बढी सङ्क्रमण हुने भनिएको उक्त किसिमको बिरामी उपचारको लागि अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा नभएकोमा केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराए ।

नुवाकोट जिल्लाबाट वैदेशिक रोजगारको शिलशिलामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले उक्त स्वास्थ्य सामाग्री खरिद गरि त्रिशुली अस्पताललाई उपलब्ध गराईएको बेड हस्तान्तरण अभियानका नेपाल सहयोगी निरज कुमार खड्गीले बताए ।

उनले समाजमा आबद्ध रहेका ६८ जना व्यक्तिहरुबाट संकलन भएको दुईलाख ५९ हजार रुपैंयाँ रकमले अस्पताललाई पहिलोपटक यस किसिमको बेड हस्तान्तरण गरिएको जानकारी दिए ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपेरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले प्राप्त बेड कोरोना उपचार कक्षमा प्रयोग गरिने जानकारी दिए ।

महामारीको समयमा आफ्नो जिल्लाको अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको नुवाकोट सेवा समाज युएईका वरिष्ठ उपाध्यक्ष रबिन खड्गीले साझासबाल लाई जानकारी दिए ।

त्यसैगरि वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका नागरिकहरुको पहलमा संकलन भएको स्वास्थ्य सामाग्रीबाट नुवाकोट, रसुवा र धादिङका नागरिकहरुले उपचार सेवा पाउन सहज हुनेमा विश्वस्त रहेको बेड हस्तान्तरण अभियानका संयोजक जगन अधिकारीले बताए ।

 रोजगारीका सिलसिलामा युएई गएका नुवाकोटका युवाहरुले यस अघिपनि यहाँका विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक