Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धादिङमा गाउँमाथिबाट झरेको सुख्खा पहिरोले पुरै गाउँ जोखिममा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३०, धादिङ । पानी रोकिएर घाम चर्केको अवस्थामा गाउँमाथिबाट पहिरो झर्दा उत्तरी धादिङको मूलपानी गाविस वडा नं ३ खण्डेचौरवासी जोखिममा परेका छन् ।

शनिबार दिउँसो गाउँमाथिबाट पहिरो आउँदा तीन घरलाई क्षति पु¥याएको छ भने १५ घर जोखिममा परेको स्थानीयवासी शोभा बस्नेतले जानकारी दिनुभयो ।

घाम लागिरहेका बेलामा पहिरो आएपछि भागाभाग गरेर ज्यान बचाएको र गाउँवासी सबै घर छाडेर छिमेकी गाउँमा शरण लिन गएको बस्नेतले बताउनु भयो ।

गत वर्षको भूकम्पपछि सो गाउँ जोखिममा रहे पनि गाउँवासी बस्दै आएका थिए । रासस