रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रश"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवावासीलाई अब दाँतको उपचार गाउँगाउँमा

२०७३, ३० श्रावण आईतवार ०६:२२

रसुवा, साउन ३० । दाँतको उपचार पाउन नसकेका रसुवावासीलाई अब नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा प्रदान हुने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेकलाल कर्णका अनुसार जिल्लाभित्रका १५ वटा स्वास्थ्य चौकीका १७ जना स्वास्थ्य प्राविधिकलाई प्रशिक्षण दिएपछि अबदेखि ग्रामीणवासीलाई दाँतको उपचार सेवा दिन सहज भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी नेपाल र स्वास्थ्य तथा विकास समाजको सहयोगमा स्वास्थ्य प्राविधिकलाई दुईहप्ते दन्त शिविरमा प्रशिक्षण दिई तालिम प्रशिक्षणका क्रममा २३० जना नवतालिमे स्वास्थ्य प्राविधिकद्वारा सेवा प्रदान भइसकेको र यस्तोखाले प्रशिक्षण पहिलोपटक स्वास्थ्यकर्मीमा दिइएको बताइएको छ । 

दाँतको उपचार गर्न काठमाडौँ जानुपर्ने समस्याको अन्त्य भएको बताउँदै तालिमका सहभागीहरुले आफूले सिकेको सीपबाट गाउँमा रहेका स्वास्थ्य चौकीमार्फत दाँत फुकाल्ने, भर्ने र सफा गर्न सहज रुपले सेवा दिन सकिने क्षमताको वृत्तिविकास भएको बताएका छन् । 

तालिम एवम् प्रशिक्षण पश्चात् दाँत उपचारका क्रममा प्रयोग हुने कुर्सीसमेत एक–एकवटा वितरण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै