२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उच्च अदालतका कर्मचारी विमलाको हत्या भएको पुष्टि

२९ असार २०७८, मंगलवार ११:३४

असार २९, मङ्गलबारे (रासस)। उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको  छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।  सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला पर्नुभएकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।

मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतक महिलाले लगाएको करीब दुई तोलाको सिक्रीसमेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ । घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि सङ्घीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । 

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमलादेवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत हुनुहुन्थ्यो । अर्धनग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला पर्नुभएको थियो । अभियुक्त बानियाँले हत्या गरेको स्वीकार गरे पनि बलात्कार नगरेको प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् । यसका विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । 

स्थानीय तथा महिला अधिकारकर्मीले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खटिने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता व्यक्त गरेका छन् । इलामका प्रहरी प्रमुख श्रेष्ठले आपराध गर्ने व्यक्तिलाई सजाय दिलाउन प्रहरीले कुनै कन्जुस्याई नगर्नेसमेत दाबी गर्नुभयो । महिलाको शारीरिक परीक्षण गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट