श्रावण ३०, बृटवल । भुकम्प पछीको पुनःनिर्माणको फाईदा उठाउदै फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन । शुक्रबार सम्म प्रती के।जी रु ६०—६१ रहेको टि.एम.टि फलामे छडको मुल्य एकाएक आइतबार देखि रु ६९—७० भएको छ।
अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य र बिदेशी मुद्राको बिनियम यथावत रहेको अवस्थामा भएको मुल्यबृद्दीले ग्राहकहरुमा पर्न गएको प्रतयक्ष असरलाई सम्बन्धीत निकायको ध्यानकर्षण गराउन चाहेको रुपन्देही हार्डबेयर व्यवसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो।
मरासिनीका अनुसार उत्पादन कम्पनीहरुले निर्माण ब्यवसायी एबम अधिकतम बिक्रेतालाई पूर्व सुचना नै नगराइ यसरी गरेको मुल्यबृद्दी सिधै कालोबजारी भएको बताउनु भयो।