साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढक"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालय अस्तव्यस्त

३० श्रावण २०७३, आईतवार ०७:५७

साउन ३०, चितवन । शिक्षा, अनुसन्धान र प्रसारको उद्देश्यका साथ स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय निरन्तर आन्दोलनका कारण धरासायी बन्दै गएको छ । 

गत वर्ष भदौमा उपकुलपतिमा प्राडा ईश्वरीप्रसाद ढकाल नियुक्त भएसँगै एमाले निकट प्राध्यापकले एक महिना केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खुल्ने र पुनः लगाउने क्रम जारी छ । यस अवधिमा नेपाल विद्यार्थी सङ्घ, प्राध्यापक सङ्घ र कर्मचारीले पटक÷पटक तालाबन्दी गरिरहेका छन् । नेविसङ्घले मात्रै दुई पटक गरेर तीन महिना तालाबन्दी गरेको उपकुलपति ढकालले बताउनुभयो । 

“एक वर्षको अवधिमा आधा समय तालाबीन्दीमै बितेको छ,” उहाँले भन्नुभयो । केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा नेपाली काँग्रेस निकटका प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेका छन् । त्यस्तै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट कर्मचारीले साउन २५ गतेबाट तालामाथि ताला थपेका छन् । त्यस्तै स्नातकोत्तर अध्ययनरत विद्यार्थीले तीन बुँदे माग राखेर गत शुक्रबारबाट अनिश्चितकालिन पठनपाठन बन्द गराएका छन् । 

विश्वविद्यालयमा प्राध्यापक, कर्मचारी र विद्यार्थीका फरक÷फरक मागका कारण भएका तालाबन्दी र पठनपाठन अवरुद्धका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । नेकाली काँग्रेस निकट प्रजातान्त्रवादी प्राध्यापक सङ्घका सचिव मुकेश सिंह रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष बनाएर अस्तव्यस्त बनाउने नियतमा विश्वविद्यालय प्रशासन लागेपछि आन्दोलित हुनुपरेको बताउनुहुन्छ । झोलामा रहेको विश्वविद्यालयलाई स्थापना गर्नुभएका पूर्व उपकुलपति प्रा कैलाशनाथ प्याकुरेलको कार्यकाल सक्किएसँगै विश्वविद्यालयभित्र बेथिति बढेर अस्पव्यस्त बनेको सिंहको आरोप छ ।

स्नातकोत्तर अध्ययनरत मुक्ति भण्डारी पढाउने समयमा प्राध्यापक, कर्मचारी नहुने, बेथिति बढेको, विकास रकम पारदर्शी नभएकाले आफूहरुले आन्दोलन थालेको बताउनुहुन्छ । स्नातकोत्तर विद्यार्थीहरुले विद्युतीय हाजिरी व्यवस्था गर्नुपर्ने, विश्वविद्यालयको विकास रकम पारदर्शी गराउनुपर्ने र अनुसन्धानमा आएको रकम समान रुपमा बाँडफाँड गर्नुपर्ने माग गर्दै आएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्राडा ढकाल विभिन्न माग राखेर आन्दोलन गर्नेहरुसँग वार्ताको प्रक्रिया भइरहेको बताउनुहुन्छ । यस्ता माग रजिष्टारले सम्बोधन गर्नुपर्ने भए पनि हुननसक्दा समस्या आएको र आन्दोलन तथा हडतालका कारण काम गर्ने अवस्था नरहेको उहाँको भनाइ छ । 

विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा कैलाशनाथ प्याकुरेल आस्थालाई लिएर काम गर्दा पार्टी र व्यक्तिलाई फाइदा भए पनि विश्वविद्यालयलाई फाइदा नहुने बताउनुहुन्छ । विश्वविद्यालयले सुझाव र रायका लागि आफूहरुसँग समन्वय नगरेको र सबैसँग समन्वय गरेर काम गर्न उहाँले सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे