२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति फिर्ता ल्याइयो : पर्यटन मन्त्रालय

३१ असार २०७८, बिहीबार १६:००

असार ३१, काठमाडौँ (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ । नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मन्त्रालयका सचिव यादव कोइरालाले अन्तरराष्ट्रिय तस्करको सञ्जालमार्फत अमेरिकाको न्यूयोर्क पु¥याइ प्रदर्शनी तथा बिक्रीमा रहेका तीन साँस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने नेपालका सम्पत्ति नेपाल फिर्ता ल्याइएको बताउनुभयो ।

उहाँले नेपालको सम्पदा फिर्ता ल्याउन पहल गर्ने सबैलाई धन्यावाद दिनुभयो । सचिव कोइरालाले नेपालका ऐतिहासिक महत्व बोकेका विभिन्न मूर्ति तथा कला अन्य देशमा पनि रहेको भन्दै त्यस्ता मूर्ति र कला फिर्ता गर्न आफूहरु निरन्तर लागिरहने बताउनुभयो ।

अमेरिकाबाट अप्सराको रङ्गीन आकृति कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्ति फिर्ता ल्याइएको हो । पत्रकार सम्मेलनमा सचिव कोइरालाले फिर्ता गरिएका मूर्ति र टुँडाल पुरातत्व विभागका महानिर्देशक दामोदर गौतममार्फत राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । नेपालले अहिलेसम्म विभिन्न समयमा चोरी भएका ६३ मूर्ति फिर्ता लिन सफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल