2026-10-15 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

साउन ३, धादिङ (रासस) । जिल्लाका सात गाउँपालिकाले आफ्ना नागरिकलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । 

निःशुल्क रगत उपलब्ध गराउनका लागि ती गाउँपालिकाले आवश्यक रकम समेत विनियोजन गरेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडाँै, भक्तपुर, चितवन र पोखरा शाखासँग ती गाउँपालिकाले सम्झौता गरेको छ ।

स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाबाट प्राप्त आधिकारिक परिचयपत्रका आधारमा रगत निःशुल्क दिने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि बेनीघाट रोराङ गाउँपालिकाले रु १० लाख, गजुरीले रु पाँच लाख, ज्वालामुखीले रु पाँच लाख, खनियाबासले रु पाँच लाख ४५ हजार, गङ्गाजमुनाले रु तीन लाख, त्रिपुरासुन्दरीले रु दुई लाख ९७ हजार ५८० र रुबीभ्यालीले रु दुई लाख सोसाइटीलाई उपलब्ध गराएको छ ।

“ती गाउँपालिकाका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ”, सभापति श्रेष्ठले भन्नुभयो, “आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको व्यवस्था मिलाएको छ ।”

ती गाउँपालिकाका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेका आधिकारिक कागजपत्र र बच्चाको जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने सभापति श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने