2026-10-21 04:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

नारायण अधिकारी । साउन ५, चितवन (रासस) । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पुर्याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु ३ पुर्याइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन् ।” 

हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा रु एक करोड ५८ लाख १५ हजार ८४४ अनुदान दिइएको छ ।

चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा रु एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो । प्रमुख दाहालले भन्नुभयो, “नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन शुरु गरेका हौं ।” भरतपुर महानगरपालिका  देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उहाँको भनाइ छ । 

यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन रु पाँच करोड १० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैँसीका व्यावसायिक फार्म छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि रु एक करोड ७० लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ ।

 सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उहाँको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताउनुभयो ।

उहाँका अनुसार एउटै सहकारीले रु १९ लाख दुई हजार ११० सम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागार्इंले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताउनुभयो ।

 उहाँले भन्नुभयो, “हामी थप अनुदान पाउने भएपछि अत्याधिक लाभान्वित हुने छौँ ।” किसानका समस्यालाई बुझेर महानगरपालिकाले अनुदान थप गरेको भन्दै उहाँले यससँगै पशु पाल्ने किसानको सङ्ख्या थप हुने अपेक्षा गरिएको बताउनुभयो ।

गाई भैँसी पाल्न सहुलियत

महानगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्दै आएको छ । महामहानगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको छ । यहाँ उत्पादन भएको दूध जिल्लासहित काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, मकवानपुरलगायतका जिल्लामा जाने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ