साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नज"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा अरिङ्गालले टोक्दा दुई बालबालिकाकको मृत्यु

२०७३, ३० श्रावण आईतवार १०:४४

साउन ३०, जाजरकोट । अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । 

बाँदरले मकै खाएर हैरान पारेपछि शनिबार घर नजिकै बाँदर हेर्न गएका बालबालिकालाई एक्कासि अरिङ्गालले टोक्दा घाइते भएका उनीहरुको उपचारको अभावमा आइतबार बिहान मृत्यु भएको हो । “नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन, घरेलु उपचार ग¥यौं तर बचाउन सकिएन,” बालकका बाबु नरोजले भने । 

बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरुलाई टोकेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए । कलावतीकी अर्की सात वर्षीय छोरी कविता पुन गम्भीर घाइते भएकी छन् । 

घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर बाँदर हेर्न गएकी थिइन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ । 

जिल्लाका ग्रामीण भेगमा मकैको सुरक्षाका लागि बाँदर हेर्न बच्चाबच्चीलाई पठाउने प्रचलन रही आएको छ । मृतक बालबालिका दिदी भाइका छोराछोरी हुन् । 

यसैगरी, बैतडीको पाटनमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्य हुनेमा बासुलिङ्ग– १ ग्वानीकी ३२ वर्षीया डम्मरा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने