2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई नगरको पर्यटकीय क्षेत्रको एकीकृत विकासमा जोड

 press club1चैत्र १३, सुरुङ्गा  । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गर्न जोड दिइएको छ ।

सुरुङ्गा प्रेस क्लबको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा भएको कनकाई नगरपालिका क्षेत्रमा
रहेका पर्यटकीय क्षेत्रहरुको सम्भावना, चुनौति र अवसर तथा ती क्षेत्रको प्रबद्र्धनमा सञ्चारक्षेत्रको
भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त निष्कर्ष निकालेका हुन् ।

जामुनाबारी सामुदायिक वन उपभोक्ता
समूहको सभाहलमा भएको कार्यक्रममा सो वन समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष
पर्शुराम गिरी र नेपाल पत्रकार महासंघ झापाका सचिव एवम् सुरुङ्गा प्रेस क्लबका सल्लाहकार एकराज गिरीले
अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुले कनकाई नगरपालिका पर्यटनको ठूलो
सम्भावना बोकेको क्षेत्र भएकाले सबैको साझा र सकारात्मक प्रयत्नबाट जनताको जीवनस्तरसँग पर्यटनलाई आबद्ध
गर्दै समन्वयात्मक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

पर्शुराम गिरीको कार्यपत्रमा
सुकेडाँगी सामुदायिक वन समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेल र एकराज गिरीको कार्यपत्रमा कनकाई बहुमुखी
क्याम्पसका सहप्राध्यापक साहित्यकार एवम् सुरुङ्गा प्रेस क्लबका सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेलले
टिप्पणी गरेका थिए ।

कार्यक्रममा सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेलको संयोजकत्वमा रहेको टीमले
तयार गरेको ९ बुँदे घोषणापत्र पारित गरिएको थियो ।

press club 2

बन्दमुक्त शान्तिक्षेत्रको रुपमा राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय स्तरमा उच्च छबि बनाइसकेकोे यातायातको सुगमता रहेको कनकाई नगरपालिकालाई आन्तरिक तथा
बाह्य पर्यटकहरुको गन्तव्य बनाउन राज्यको चौथो अंगको रुपमा क्रियाशील सञ्चारकर्मीहरुको ठूलो योगदान
रहनेमा सबैको जोड थियो ।

सुरुङ्गा प्रेस क्लबका अध्यक्ष
रामप्रसाद निरौलाको अध्यक्षता, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको
प्रमुख आतिथ्य र कनकाई नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यको विशिष्ट आतिथ्यमा भएको
कार्यक्रममा सुरुङ्गा प्रेस क्लबका सल्लाहकारहरु, कनकाई नगरपालिकाभित्रका सामुदायिक वन समूह, पर्यटकीय
एवम् धार्मिक क्षेत्रका अध्यक्षहरु, कनकाई नगरपािलका क्षेत्रमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा
पर्यटन अभियन्ताहरुको सहभागिता रहेको थियो ।

क्लबका कोषाध्यक्ष संगीता उप्रेतीको स्वागत मन्तव्य रहेको कार्यक्रममा
उपाध्यक्षद्वय डिल्लीराम घोर्साई र मनोज बस्नेतले क्लबका गतिविधि उल्लेख गर्दै कार्यक्रमको औचित्यमाथि
प्रकाश पारेका थिए ।

कार्यक्रम क्लबका सचिव गोपीचन्द्र मिश्रले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई