पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा "/>
२८ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

विपत् जोखिम न्यूनिकरणमा स्थानियको भूमिका महत्वपूर्ण हुने

३० श्रावण २०७३, आईतवार १४:४४

पूर्णप्रसाद न्यौपाने | साउन ३०, ओखलढुंगा | विपत् जोखिम न्यूनिकरणमा स्थानियको भूमिका विषयक अन्तरकृया कार्यक्रम टोक्सेलमा सम्पन्न भएको छ । 

युएसएआईडिको सहयोग तथा सबल कार्यक्रम र कोसिस नेपालको समन्वय एमव् गाविसको कार्यालय र सहयात्री सामुदायिक रेडियो ९४.२ मेगाहर्जको सहकार्यमा हिँजो अन्तरकृया गरिएको हो । विपत् व्यवस्थापनमा समुदाय तथा स्थानिय विपत् व्यवस्थापन समितिको भूमिकाका विषयमा वृहत छलफल भएको थियो । गाविस सचिव राजेन्द्र राजभण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल, सवल कार्यक्रमका वरिष्ठ जिल्ला संयोजक अरविन्द कुमार यादव,लगाएतका सरकारी तथा गैरसरकारी संघसंस्था तथा निकायका प्रमुख एवम् प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानियहरुले विपत्का बेला आफुहरुले खेलेको भूमिका तथा प्रकोपका बेला आईपरेका समस्या र हालको जोखिम लगाएतका विषमया आआफ्ना अनुभव र जिज्ञासा राखेका थिए । स्थानियको जिज्ञासाको जिल्लाबाट गएको सरोकारवालाहरुको टोलीले जवाफ दिएको थियो । कार्यक्रमका सबैजसो वत्ताहरुले विपत् व्यवस्थापनमा स्थानियकै भूमिका सबैभन्दा महत्वपूर्णहुने बताएका थिए । सवल कार्यक्रमका मोहन गौतमले सहजीकरण गर्नुभएको औपचारीक कार्यक्रमको सहयात्री एफएमबाट प्रत्यक्ष प्रशारण भएको थियो । सवल कार्यक्रमले स्थानिय विपत् व्यवस्थापन समितिलाई खोज तथा उद्धार सामाग्री समेत हस्तान्तरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने