साउन ३१, ओखलढुंगा | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, ओखलढुंगा |

२८ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

सिद्धिचरण नगरपालिकाका काका राजन घिमिरेको विदाई

३१ श्रावण २०७३, सोमबार ०२:३२


साउन ३१, ओखलढुंगा | ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका कार्यकारी अधिकृत राजन घिमिरेको विदाई गरिएको छ । विगत करिब २ वर्षदेखि ओखलढुंगामा कार्यरत कार्यकारी घिमिरे अध्ययनका लागि जापान जानुहुने भएपछि जिल्लाबाट विदाई गरिएको हो । 

कर्मचारी मिलन केन्द्र सहित जिल्लाका विभिन्न निकायले विषेश कार्यक्रम गरेर २० महिना सम्म जिल्लाबसाईका क्रममा घिमिरेले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विदाई गरेका छन् ।  

‘विकास भनेको सम्भावना जति छ त्यति गर्ने हो, उहाँको पालामा पनि अपेक्षीत हुन सक्यो सकेन त्यो फरक पाटो हो, तर उहाँले सरल रुपमा सबैलाई मिलाएर काम भर्नुभयो’ नेपाली कांग्रेसका नेता रुद्र अधिकारीले भन्नुभयो‘घिमिरेलाई विदाई गर्दैगर्दा धेरै नगरबासीका आँखा रसाएका छन्,त्यो उहाँको योगदानको मूल्याङ्कन हो’ विकासे कार्यालयमा बढि बोल्ने भन्दा पनि कम बोल्ने र सकेसम्म धेरै काम गर्ने व्यक्तीको खाँचो पर्ने भन्दै त्यो गुण घिमिरेमा रहेको अधिकारीको भनाई छ ।

यसैविच ओखलढुंगाबाट विदाई हुँदैगर्दा सिद्धिचरण नगरपालीकाका काका घिमिरेले ओखलढुंगा बसाईका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘सबैक्षेत्र र निकायबाट राम्रो सहयोग पाएँ सबैलाई धन्यवाद दिन चाहान्छु’ घिमिरेले भन्नुभयो‘सबैलाई खुःसी पार्न सकिएन होला तर बहुमत जनता खुःसीछन्,जागिर अबधिमा ओखलढुंगा बसाई निकै नै अविश्मरणीय रह्यो ।’ घिमिरे केहि दिन पछि अध्ययनका लागि जापान जानुहुने छ ।

नगरपालकाको भवन निर्माण,नगरपालिकाको आधारभुत विकास,लगाएतका काम अपेक्षीत हुन नसकेको र केहि केहि विषयमा घिमिरेले देखाएको मौनताको नगरबासीले खुलेरै टिक्का टिप्पणी पनि गरिरहेका छन् । सदरमुकामका दुई बजारबासी बिचको विवाद बढेपछि घिमिरेले नगरपालीकाको भवन निर्माणको कामलाई अगाडि बढाउन सक्नुभएको थिएन् । विवाद समाधान गर्ननसक्दा भवन निर्माणका लागि आएको करोडौँ बजेट फ्रिज भएपछि नगरपालीकाले समनवय गर्न नसकेका कारण यस्तो भएको कतिपयको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह