पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगर"/>
2026-09-18 10:57 PM
ओखलढुङ्गा - OKL

ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु

पूर्णप्रसाद न्यौपाने | साउन ३१, ओखलढुंगा | ‘अनुशासन नै राष्ट्र सेवाको मुलजड हो’ भन्ने मुलनाराका साथ ओखलढुंगामा जुनियर डिभिजन तालीम सुरु भएको छ । राष्ट्रिय सेवादल मार्फत सञ्चालन हुने तालीम   सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यमीक विद्यालयमा आईतबारबाट सुरु भएको हो ।


नेपाली सेनाको शम्शेरदल गण ओखलढुंगाले सगरमाथा जनता उच्चमाध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सैन्य तालीम दिन सुरु गरेको हो । कुल सय दिन सम्म सञ्चालन हुने तालीम अन्तरगत ७९ दिन ओखलढुंगामा र अन्तमा २१ दिन मोरङमा हुने छ । विगत लामो समयदेखि सञ्चालन हुँदै आएको राष्ट्रिय सेवादल अन्तरगतको सैन्य तालीम चालु आर्थीक वर्षमा नेपालका ६६ जिल्लाका ८९ वटा विद्यालयका ४ हजार जना छात्रा छात्रहरुलाई दिने सरकारको लक्ष्य अनुसार ओखलढुंगामा पनि तालीम सुरु गरिएको शम्शेरदल गण ओखलढुंगाका प्रमुख सेनानी सञ्जीत श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई अनुशासित,सफल नेतृत्वकार्ता र ईमान्दार बन्न र सफल जिवन जिउनका लागि तालीमले अवसर प्रदान गर्ने उहाँको भनाई छ ।

तालीममा ओखलढुंगामा १८ जना छात्र र १८ जना छात्रा गरी कुल ३६ जना सहभागि छन् । सहभागिहरुलाई शारीरिक व्याम,मास पि.टी.तेक्वान्दो पि.टी.खालीहात ड्रिल,खुकुरी ड्रिल,सेरिमोनियल ड्रिल,फिल्ड क्राफ्ट,ब्बयाटल क्राफ्ट,नक्शा अध्ययन,कम्पास,जिपिएस लगाएतका विषयहरुमा तालीम दिईने शम्शेरदल गण ओखलढुंगाले जनाएको छ । तालीम उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी,स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्री,जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,शसत्र प्रहरी,अनुसन्धान,जिल्ला शिक्षा कार्यालय लगाएतका निकायमा प्रमुख तथा प्रतिनिधी,पत्रकार,सञ्चारकर्मी,शिक्षक,विद्यार्थी अभिभावक लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई