साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

३१ श्रावण २०७३, सोमबार ०५:४०

साउन ३१, पर्वत । वर्षौंदेखि खानेपानीको आशमा बसेका ठूलीपोखरीवासी लिफ्ट प्रणालीबाट पानी पाउने भएपछि उत्साहित बनेका छन् । 

गाविसको ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५०० मिटर तल रहेको खोलाबाट पानी पाउने भएपछि उत्साहित हुँदै श्रमदान गर्न जुटेका छन् । 

उपभोक्ताको सक्रियताका कारण हालसम्म आयोजनाका ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतको सहयोगमा ठूलीपोखरी लिफ्ट खानेपानी आयोजना सञ्चालन भएपछि उपभोक्तामा पानी पाउने आशा जागेकाले उत्साहित बनेर काममा जुटेका हुन् । यस आयोजनाबाट गाविसका माथिल्लो भागमा पर्ने तीन वटा वडाका करिब १०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । 

आगामी असोज महिनामा काम सक्ने गरी तयारी भइरहेको र आयोजना निर्धारित समयमा सक्नका लागि सबै सामग्री समेत तयारी अवस्थामा राखिएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले जानकारी दिनुभयो । 

आयोजनाका लागि आवश्यक पर्ने सिभिलतर्फका बसै पूर्वाधार तयार भइसकेकाले विद्युत् र वितरण लाइनको काम सकेर आगामी असोज महिनाभित्रमा घरघरमा धारा पु¥याउने तयारी भएको उहाँले बताउनुभयो । 

आयोजनाका लागि जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको रु एक करोड ४६ लाख खर्च हुने भएको छ । ५६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरी स्थानीय बाटुलेचौरमा रहेको ट्याङ्कीमार्फत घरघरमा वितरण गरिने भएको हो । 

गाविसको माथिल्लो भागमा रहेका ३०० घरधुरीले वर्षामा आकासे पानी र हिउँदमा एक घन्टासम्म लगाएर एक गाग्री खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो