Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोरङमा महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, मोरङ । महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय मोरङले महिलाको नाममा जग्गा दर्ता गर्दा छुट दिने व्यवस्था गरेपछि दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

मालपोत अधिकृत गौतम राज अमात्यका अनुसार गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३१५ महिलाको नाममा जग्गा रजिस्ट्रेसन भएका छन् । त्यस अवधिमा जम्मा २५ हजार ९९० जग्गा दर्ता भएका थिए । ती जग्गा दर्ताबाट रु ३३ करोड ४३ लाख ९६ हजार ७१ राजस्व सङ्कलन भएको छ ।

महिलाको नाममा दर्ता भएका जग्गामध्येबाट रु पाँच करोड ३९ लाख, ५६ हजार ६८३ राजस्व छुट पाएका छन् । आव २०७१÷०७२ सालमा ३१ हजार १७९ जग्गा दर्ता भएका छन् । दर्ता भएका जग्गामध्येबाट १२ हजार ७२८ महिलाको नाममा रजिस्ट्रेसन भएका छन् ।

युवा पत्रकारिता पुरस्कार खतिवडालाई

प्रत्येक वर्ष प्रदान गरिँदै आएको केशवराज दाहाल युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार महाप्रसाद खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

आइतबार बेलुका बसेको श्रीप्रसाद–दिव्यराज दाहाल स्मृति कोष पुरस्कार छनोट समितिले एक दशकदेखि विराटनगरलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि यस वर्षदेखि बढाएर रु १५ हजार ५५५ पु¥याइएको छ । खतिवडा कान्तिपुर टेलिभिजन विराटनगर संवाददाता हुनुहुन्छ । रासस