2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी पीडित भन्छन् “बाढीले ढुङ्गा बगाउदा भूकम्प झैँ थर्काउछ ”

देवराज सुवेदी । साउन १९, सिन्धुपाल्चोक । असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र  सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ ।

खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आउनुभएकी  सुप्रभा गिरीले भन्नुभयो, “खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।” उहाँले जतिसक्दो चाँडो भे्रमाथानको पहिरो अनुगमन गरी पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गर्नुभयो ।

लगातारको बाढीले सोमबारराति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन् । त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा ,  तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन् ।

यसैगरी एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ घर र पुरानो बजारको एक घर बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउने क्रममा रहेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन् । बाढीले मेलम्ची–१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी  पुल पनि जोखिममा परेको छ ।

मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ । हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ । “नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो”,  पीडित हरिशरण श्रेष्ठको गुनासो थियो ।

अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन् । अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ । हेलम्बु गाउँपालिकाको चनौटे बजारबाटै अहिले खोला बगिरहेको स्थानीय हस्त पण्डितले जानकारी दिनुभयो । 

तत्काल सुरक्षित स्थानको खोजीमा पीडित लागिपरेका छन् । सडक सञ्जाल र विद्युत्बाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ । एकजना बिरामी भए पनि उपचारका लागि अस्पताल पुर्याउन  हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य सङ्कट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पक्की पुल सबै खोलाले लगिसक्यो बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा  मात्र छन् । पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको छ । असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षतिभएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले  सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी वलीसमेतले स्थलगत निरीक्षण गर्नुभयो । सरकारका तर्फबाट आफूहरूका  लागि रु पाँच लाख वितरण गर्ने घोषणा गरेको सरकारले त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तोे छैन । बाढी आएको ५०  दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताउनुभयो  ।तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको कामको प्रभावकारीता नहुने उहाँको भनाइ थियो ।

 विभिन्न सङ्घ संस्थाको पहलमा सुरक्षित मानिएको स्थानमा निमार्णाधीन अस्थायी आवास अनिश्चित देखिएको छ । सडक सञ्जाल र पुल–पुलेसा ध्वस्त भएकाले सामान ओेसार पसार गर्ने  वैकल्पिक बाटो छैन । घर निमार्णमा आवश्यक ट्रस, जस्तापाता, सिमेन्ट, अन्य आवश्यक सामग्री नहुँदा खल्तीमा पैसा बोकेर पनि अहिलेसम्म चुहिने पालमुनि बस्न बाध्य छन् पीडितहरू ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई