साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर"/>
२८ मंसिर २०८२, शनिबार
भोजपुर - BJP

स्वास्थ्य सेवा पाउनबाट भोजपुरका सर्वसाधारण वञ्चित

३१ श्रावण २०७३, सोमबार ०६:०६

साउन ३१, भोजपुर । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा जनस्वास्थ्य अधिकृत र मेडिकल सुपरिटेन्डेन्टसहित १४० भन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत प्रमुखसहित ११ दरबन्दी रिक्त रहेका छन् भने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण शाह काज सरुवा भएपछि उहाँसहित ११ दरबन्दी रिक्त भएको छ । 

त्यस्तै जिल्लाभर रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा ११ दरबन्दी रिक्त छ भने स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी १५० भन्दा बढी रिक्त रहेको पाइएको छ । जिल्लाको कुल ३८७ दरबन्दीमध्ये १७० भन्दा बढी दरबन्दी रिक्त भएको जानकारी निमित्त कार्यालय प्रमुख डा रमेश तामाङले दिनुभयो । 

त्यस्तैगरी स्वास्थ्यकर्मीमध्ये हेल्थ असिस्टेन्ट ६६ जना, अनमी ७७ जना र अहेव ५० जना, स्टाफ नर्स चार जना र ल्याब असिस्टेन्ट तीन जनाको पद रिक्त रहेको उल्लेख गरिएको छ । 

भौगोलिक रुपमा दुर्गम मानिने भोजपुर जिल्लामा स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति नहुँदा जिल्लातहदेखि गाउँतहसम्मका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् । 

भोजपुर सदरमुकाममा रहेको जिल्ला अस्पताल ५० श्ययाको निर्माणाधीन अवस्थामा छ भने इर्मजेन्सी सेवा समेत भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि हाल अस्थायी रुपमा १६ श्ययामा सञ्चालन हुँदै आएको छ । 

दैनिक बिरामीको चापले गर्दा बेड सङ्ख्या पर्याप्त नहुँदा भुइँमा राखेर उपचार गरिरहनु परेको अहेव दुर्गा विश्वकर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ