२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

उपन्यासको कथासार आह्वान

१५ चैत्र २०७२, सोमबार ०७:५७

चैत १५, झापा । मञ्जरी पब्लिकेशनले १ लाख रुपैयाँ
राशिको युवा लेखनवृत्ति पुरस्कार युवा लेखक तथा साहित्यकारलाई प्रोत्साहित गर्ने उद्देश्यले शुरु गरेको
छ ।

आख्यान विधामा
प्रदान गरिने पुरस्कारका लागि पब्लिकेशनले साहित्यकारलाई आफूले लेख्न चाहेको उपन्यासको १ हजार पाँच ५
शब्दसम्मको कथासार पठाउन आह्वान गरेको छ ।

सीमान्तकृत वर्ग तथा लोपोन्मुख जातजाति र संस्कारलाई आख्यान विधामार्फत संरक्षण
गर्ने उद्देश्यले लेखनवृत्ति पुरस्कारको शुरुवात गरिएको मञ्जरी पब्लिकेशनले जनाएको छ ।

‘लोपोन्मुख एवम् मौलिक कला,
संस्कृतिमाथि कलम चलाउन चाहने प्रतिभावान स्रष्टाहरूलाई आर्थिक अभाव नहोस् भनेर हामीले यो पुरस्कार शुरु
गरेका हौँ’, पब्लिकेशनका कार्यकारी प्रमुख एवम् साहित्यकार कृष्ण अविरलले भने – ‘प्राप्त कथासारमध्ये
उत्कृष्टलाई एक लाख राशीको लेखनवृत्ति पुरस्कार र उत्कृष्ट चारमा पर्ने अन्यलाई आकर्षक लेखकस्वसहित लेखन
सम्झौता गरिनेछ ।’

कथासार पठाउनका लागि २०७३ वैशाख १५ गतेसम्मको अवधि तोकिएको छ । उपन्यासविधाबाट शुरु गरिएपनि
आउँदा वर्षमा अन्य विधामा पनि लेखनवृत्ति पुरस्कारको व्यवस्था गरिने र पुरस्कारको राशि पनि थप गर्दै
लगिने पब्लिकेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ