साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको ख"/>
2026-08-30 11:52 PM
चितवन - CTW

सार्वजनिक जग्गा संरक्षण गर्न सुरु

साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी सुरु गरेको हो । 

ती जग्गालाई संरक्षण गरेर पार्क, उद्यान तथा वृक्षरोपण गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउन थालिएको रत्ननगर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका सामाजिक विकास अधिकृत तेजेन्द्र लामिछानेले कतिपय स्थान संरक्षण भइरहेको र कतिपय स्थान संरक्षणको क्रममा रहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत चितवनको रत्ननगर पिठ्वाको नौ बिगाहा जग्गा भुमाफियाबाट छुटाएर संरक्षण थालिएको छ । 

यहाँ ६०० बिरुवा समेत रोपिएको छ । कयर खोलामा ड्याम समेत बनाएर संरक्षण गरिएको र अहिले पोखरी निर्माण र वृक्षरोपण गरेर हरियाली बनाएको रत्ननगर नगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्यक्रमकी अनुगमन अधिकृत सन्ध्या रिजालले बताउनुभयो । 

रत्ननगरको पञ्चकन्यामा अतिक्रमण गरिएको चार कट्ठा जग्गामा हरियाली पार्क निर्माण थालिएको नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर ७ मा रहेको सात बिगाहा र सौराहाको सिसवारमा रहेको १५ बिगाहा जग्गाको समेत संरक्षणका लागि काम थालिएको नगरपालिकाले जनाएको छ । 

सिसवारमा केही व्यक्तिले अतिक्रमण गरेको पाइएको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले बताउनुभयो । सूचना नै जारी गरेर नगरपालिकाले छाड्न भनेको छ । तर सो क्षेत्रमा भने राजनीतिक विवाद भएकाले नगरपालिकाले प्रभावकारी काम गर्न सकेको छैन । 

स्थानीय राजन भट्ट सार्वजनिक जग्गालाई संरक्षण गरेर खुला मैदान राख्न सके विभिन्न गतिविधि गर्न सहयोग पुग्ने बताउनुहुन्छ । 

चितवन निकुञ्ज, जिल्ला वनले समेत यहाँका अतिक्रमित क्षेत्रको संरक्षण अभियान चलाइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने