२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३५ वर्षपछि परिवारको सम्पर्कमा आए लामिछाने

२३ श्रावण २०७८, शनिबार १५:०८

साउन २३, वालिङ (रासस) | आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको छ ।

पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा)लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताउनुभयो । “बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्यो”, आमा हिमादेवीले भन्नुभयो, “आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।”

सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उहाँले बताउनुभयो । “छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत गर्यो, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन”, उहाँले भन्नुभयो, “साँझ बिहान भगवान्लाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवान्ले पुकार सुन्नुभयो ।”

भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताउनुभयो । काठमाडौँमा रहनुभएका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताउनुभयो ।

“म नजिन्मिँदै धेरै पहिला बुवासित दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ”, भाइ रमेश लामिछानेले भन्नुभयो, “दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो ।”

काठमाडौँमा रहनुभएका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार (भोलि) जाने तयारी भएको भाइ रमेशले बताउनुभयो । झण्डै ४६ वर्ष पुग्नुभएको दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उहाँले पनि अब परिवारसँगै रहने इच्छा जनाउनुभएको भाइ रमेशको भनाइ छ । 

हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ