२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘होल्डिङ सेन्टर’ निर्माण तीव्र गतिमा

२४ श्रावण २०७८, आईतवार ०४:३४

साउन २४, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म राख्नका लागि धनगढीमा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र पारिएको छ । धनगढी उपमहानगरपालिका–३ मा नेपाली सेनाले ठेक्कामार्फत निर्माण गरिरहेको ‘होल्डिङ सेन्टर’ एक हजार व्यक्ति अटाउने क्षमताको रहेको निर्माणमा संलग्न हनुमान कन्स्ट्रक्सनका यज्ञपुरुष न्यौपानेले बताउनुभयो । निर्माणमा २०० भन्दा बढी मजदुरले दैनिक काम पाएका छन् । “आउने भदौ महिनामा निर्माण पूरा गरी नेपाली सेनालाई हस्तान्तरण गर्ने लक्ष्य लिएका छौँ”, न्यौपानेले भन्नुभयो, “निर्माणस्थलसम्म जाने कच्ची बाटो वर्षाका कारण हिलाम्मे हुँदा भने केही समस्या भइरहेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै गौरीफन्टा सीमा नाका हुँदै भारतबाट भित्रिने नागरिकलाई निश्चित समयसम्म होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउनुपर्नेमा त्यसो नगरिएका कारण यो रोग समुदायस्तरमा फैलिएको बुझाइ छ । भारतमा कोरोना भाइरसको समस्या बढेसँगै गौरीफन्टा नाका हुँदै ठूलो सङ्ख्यामा नेपाली स्वदेश भित्रिने गरेका छन् । यो रोगको सङ्क्रमणका कारण गतिविधि ठप्प हुँदा काम नपाएर बेरोजगार बनेका मजदुर निर्माणाधीन होल्डिङ सेन्टरमा काम पाउँदा खुशी देखिएका छन् ।

निर्माणस्थलमा भेटिनुभएका मजदुर महेश पार्कीले भन्नुभयो, “मजदुरीको काम नपाउँदा पेट पाल्ने चिन्ता थियो, अहिले काम पाउँदा खुशी छौँ ।” कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेश सरकारको चालु वर्षको सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्याइएको बजेटको ठूलो अंश स्वास्थ्य क्षेत्रमा केन्द्रित गरिएको छ ।

आगामी दिनमा आउन सक्ने तेस्रो लहरको कारोना भाइरसबाट बालबालिकामा बढी जोखिम हुने अनुमान गरिएको अवस्थामा बालबालिकालाई लक्ष्य गरी सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र महाकाली अस्पतालमा ३०० शय्या र थप ५० भेन्टिलेटरको व्यवस्थापन गर्न लागिएको छ । पहाडी जिल्ला अस्पतालमा १० देखि २० शय्याको व्यवस्थापनलगायतका कामसमेत गर्न लागिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य